नेपाल धितोपत्र बोर्डको अध्यक्ष भीष्मराज ढुङ्गानालाई कारवाही गर्न माग

नेपाल धितोपत्र बोर्डमा क्रियाशील कर्मचारी युनियनले बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई कारवाही गर्न माग गरेको छ । बोर्ड नेपालको पुँजीबजार तथा वस्तु विनिमय बजारको नियामक निकायका रुपमा रहेको,सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको संस्था भएको उल्लेख गर्दै युनियनले गलत काम गर्नेलाई कारवाही गरी संस्थाको गरिमा जोगाउन माग गरेको हो ।

युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तिमा बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गर्न आग्रह गरिएको छ ।

विद्यमान कानूनका आधारमा सम्बन्धित निकायले बजारको पारदर्शीता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानबीन कार्य अगाडि बढाइ दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न युनियनले माग गरेको छ ।

देशको कूल ग्रार्हस्थ उत्पादन बराबरकै बजार पुँजीकरण भएको देशको धितोपत्र बजारको नियामक निकाय स्वच्छ, पारदर्शी, गतिशील र लगानीकर्ताको हित संरक्षणमा लाग्नुपर्नेमा त्यसो हुन नसकेको विज्ञप्तिमा भनिएको छ ।

अर्थ मन्त्रालयले यही साउन १३ गते बोर्डलाई तीन दिनभित्र गलत जवाफ दिन भन्दै स्पष्टिकरण सोधिएको थियो । यसको जवाफ दिने समयसीमा आजसम्म रहेको छ ।

विज्ञप्तिमा भनिएको छ “बुक विल्डिङमार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सोसँग निहित सम्बेदनशील जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरीद गर्नु धितोपत्र बोर्डको लब्ध प्रतिष्ठत अध्यक्ष तथा सञ्चालकका रुपमा गम्भीर विचलन भएको निष्कर्ष निकालेको छ ।”

बोर्डका अध्यक्ष ढुङ्गानाले छोरी रेविका ढुङ्गानाको नाममा निटक भविष्यमा नै साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीको १० हजार कित्ता शेयर खरीद गरेको पाइएको छ ।

यस्तै, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले समेत श्रीमतीको नाममा शेयर खरीद गरेको पाइएको छ । अर्थले बोर्ड र स्टक दुवैलाई स्पष्टिकरण सोधेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...