अब देखि मृगौला पीडित तथा दिर्घ रोगीहरुले मासिक रुपमा ५ हजार रुपैयाँ भत्ता पाउने, उपचारका क्रममा खटिने डाक्टरहरु र पत्रकारहरुलाई पनि गरियो सम्मान

काठमाडौं / नेपाल

अब देखि मृगौला पीडितहरुले मासिक रुपमा ५ हजार रुपैयाँ भत्ता पाउने भएका छन् । लामो समय मृगौला पीडितहरुको अभियान पछि नेपाल सरकारले यो ब्यवस्था लागू गरेको हो ।

यसै अवसरमा श्री मृगौला पीडित सरोकार समाज नेपाल, केन्द्रीय कार्य समितिद्वारा आयोजना र ग्रीनसिटी हस्पिटलको सहकार्यमा “सम्मान, सचेतना तथा वर्तमान सरकारलाई धन्यवाद ज्ञापन कार्यक्रम – २०७९” कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्यक्रममा श्री मृगौला पीडित सरोकार समाज नेपाल, केन्द्रीय कार्य समितिका अध्यक्ष बलराम सुबेदीको अध्यक्षता रहेको थियो भने नेपाल सरकारका स्वास्थ्य राज्य मन्त्री भवानी प्रसाद खापुङ्ग रहेका थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा ग्रीन सिटि हस्पिटलका प्रमुख डा. लोक बहादुर टण्डन, इन्द्रेणीका कृष्ण कंडेल, पुर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा भलिबल प्रशिक्षक रबि बोगटी, बिधुत प्राबिधिक गंगा भण्डारी, मृगौला रोग विशेषज्ञ डा. महेश सिग्देल, ग्रीन सिटि हस्पिटलका नेफ्रोलोजिस्ट डा. प्रकाश पौडेल, राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी प्रमुख पुकार चन्द श्रेष्ठ रहेका थिए भने समाजसेवी हरि बहादुर कार्की, समाजसेवी रामराज थापा, मिना मल्ल, पद्मा खत्री, नर बहादुर (तामाङ) मोक्तान, प्रदेश ५ का अध्यक्ष रमेश केसि, प्रदेश ५ का उपाध्यक्ष कृष्ण मल्ल लगायत अन्य रहेका थिए ।

कार्यक्रमको सञ्चालन श्री मृगौला पीडित सरोकार समाज नेपाल, केन्द्रीय कार्य समितिका केन्द्रिय महासचिव राज कुमार रायमाझीले गरेका थिए भने मिडिया संयोजकको भुमिका पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले निर्वाह गरेका थिए । मृगौला पिडितहरुले अब देखि मासिक रुपमा ५ हजार रुपैयाँ भत्ता पाउने भएपछी बिरामीहरु खुशी ब्यक्त गर्दै आफ्ना बिगतका पिडाहरुलाई खुलेरै ब्यक्त गरेका थिए । साथै मृगौला पिडितहरुलाई भत्ता मात्र हैन समय मै उपचार पाउने र बिरामीलाई बचाउने ब्यवस्था नेपाल सरकारले गर्नु पर्ने माग पनि राखेका थिए ।

उक्त कार्यक्रममा मृगौला उपचारमा खटिरहने डाक्टरहरु, समाजसेवीहरु, कलाकार, ईन्द्रेणीका कृष्ण कंडेल र विभिन्न मिडियाका पत्रकारहरु सम्मानित भएका थिए । कार्यक्रममा बिरामीहरु र पत्रकारहरुको उत्साहजनक सहभागिताले स्वास्थ्य राज्य मन्त्री भवानी प्रसाद खापुङ्ग खुशी ब्यक्त गर्दै यस्तो कार्यक्रम देशभर आयोजना गर्नु पर्ने र धेरै बिरामीलाई चेतना फैलाउनु पर्ने आवश्यकता रहेको कुरा ब्यक्त गरे । साथै नेपाल सरकारले मृगौला पिडित र दिर्घ रोगीहरुको लागि दिएको मासिक भत्ता ५ हजार रुपैया लिन गाँउपालिका र नगरपालिकामा आफ्नो डाटा बुझाई दर्ता गरि आफ्नो भत्ता लिन उनले अनुरोध गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

वि.सं.२०८३ असोज २० मंगलवार ११:१४

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार रुपमा स्थापित...

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

वि.सं.२०८३ असोज २० मंगलवार ०८:३०

काठमाडौं। कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय...

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १३:०३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर...

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

वि.सं.२०८३ असोज १८ आइतवार १२:५५

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत...

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १२:४८

काठमाडौं। बहुप्रतिभा धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

वि.सं.२०८३ असोज १८ आइतवार ०९:५२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपरासी (बर्दघाट सुस्ता...