कुमार रणपहेलीको बिल्कुलै नयाँ र पृथक गीत “ए मन” सार्वजनिक
वि.सं.२०७९ साउन ६ शुक्रवार १५:४१
पछिल्लो समय सांगीतिक क्षेत्रमा लगानी अनुसारको प्रतिफल नमिलेपनी एकपछी अर्को गर्दै गीतहरु बजारमा ल्याउने कलाकारहरुको ओईरो चलेकै छ । सोही क्रममा गायक कुमार रणपहेलीको बिल्कुलै नयाँ र पृथक गीत “ए मन” सार्वजनिक भएको छ ।
यस गीतमा कुमार रणपहेलीको स्वर रहेको छ भने कृष्ण बाजुरालीको शब्द, कुमार रणपहेलीको संगीत रहेको छ । यस गीतलाई कृष्ण बाजुरालीले एरेञ्ज गरेका हुन् ।
समर्पित कुराको निर्देशन रहेको गीतमा मोहनिश श्रेष्ठको छायांकन तथा सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा कुमार रणपहेली, पुजा गहतराज, लोकेन्द्र भण्डारी आदिको अभिनय रहेको छ ।
सो गीतलाई पहेली म्युजिक नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला ।
वि.सं.२०७९ साउन ६ शुक्रवार १५:४१