रोल्पामा बोक्सीको आरोप लगाउने धामी सहित ३ जना प्रहरी नियन्त्रणमा

रोल्पा । रोल्पामा बोक्सीको आरोप लगाउने धामी सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोक्सीको आरोप लगाउँदै आफूलाई कुटपिट गरेको भन्दै एक युवतीले प्रहरीमा निवेदन दिएपछि सुनिलस्मृति गाउँपालिका वडा नं. ६ का २६ वर्षिय धामी राहुल सुनार, रोल्पा नगरपालिका वडा नं. ४ का ४५ वर्षीषा चुना कुमारी सेन र २२ वर्षीषा सीता सेनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रोल्पा नगरपालिका १० धबाङ मा घर भई लिबाङमा डेरा गरी बस्ने २६ वर्षिय महिलाले आफूलाई बोक्सी भन्दै साउन ६ गते करिव ६ बजेतिर कोठामा आई कुटपिट गरेको भन्दै ११ गते जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । पीडित महिलाले आफूलाई धामी राहुलले फोनबाट पनि धम्काएको र पछि चुना, सीता सेनसहितको टोलीले कोठामा आई कुटपिट गरेको बताएकी छिन् ।

बोक्सीको आरोप लगाएर धामीसहितकाले कोठामै पुगेर कुटपिट गरेपछि उजुरी आएकोमा आरोपितहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताए । धामीले बोक्सीको आरोपमा कुटपिट गर्ने काम जघन्य अपराध मानिन्छ । यस्ता घटनाहरु गाउँमा धेरै हुने गरेकोमा गाउँमै मिलाउने समेत गरिएको पाइन्छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...