राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता र स्रष्टा सम्मान एवम् इन्द्रेणी कार्यक्रम” को अन्तिम दिन भोलि ८ समूह बिच कडा प्रतिस्पर्धा हुने

प्रकाश बराईली “अभिव्यक्ति”
कास्की /पोखरा

लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औं जन्मजयन्तीको अवसरमा आयोजित “राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता र स्रष्टा सम्मान एवम् इन्द्रेणी कार्यक्रम” पोखरा स्थित सभागृहमा साउन १२ गते देखि भब्य रुपले सञ्चालन भैरहेको छ ।

यहि साउन १२ गते देखि पोखरा सभागृहमा सुरु भएको प्रतियोगिता साउन १४ गते प्रतियोगिता सम्पन्न गर्ने आयोजकको योजना भएतापनी प्रतियोगीहरु धेरै भएको र समयको अभाब भएको कारणले २ दिन म्याद थप गरि साउन १६ गते प्रतियोगिता सम्पन्न गर्ने निर्णय भएको हो । प्रतियोगितामा सहभागिताका लागि विभिन्न जिल्ला र समूहबाट गरी ४८ टिमको सहभागीता रहेको थियो ।

“लोक संस्कृति जोगाऔ, हाम्रो चिनारी बचाऔ” भन्ने मुल नारालाई आत्मसाथ गर्दै कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिता सञ्चालन भएको चौथो दिनपनि दर्शकहरुको उत्साहजनक सहभागिता रहेको थियो । यस प्रतियोगिता लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको शालिक निर्माण सहयोगार्थ आयोजना गरिएको कुरा आयोजक पक्षले जानकारी गराएको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको सो प्रतियोगिताको अन्तिम दिन (साउन १६ गते) अन्तिम चरणको ८ समूह बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

गण्डकी प्रज्ञा–प्रतिष्ठान प्रमुख सहकार्यमा रहेको छ भने पोखरा महानगरपालिका प्रबर्द्धक, पोखरा प्रज्ञा–प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रिय समिति संगै प्रतिष्ठान मातहतका विभिन्न प्रदेश र जिल्ला शाखाहरु, इन्द्रेणी सांस्कृतिक समाज, काठमाण्डौ र हिमाली साँस्कृतिक परिवार, पोखरा लगायतको सहकार्य गरेका छन् । प्रतियोगिताको चौथो दिन कार्यक्रम संयोजक जीवन दाहालले कार्यक्रम सञ्चालन गरेका छन् ।

प्रतियोगिताको चौथो दिन पनि लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको शालिक निर्माणका लागि सहयोग उठ्ने क्रम जारी छ । साथै कार्यक्रमलाई अझै सभ्य तथा भब्य रुपमा सफल बनाउन आर्थिक / नैतिक / भौतिक रुपमा सहयोग गरिदिन कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष पुर्ण बहादुर गुरुङले अनुरोध गरेका छन् ।

सो प्रतियोगितामा निर्णायक संयोजक रमेश बिजि रहेका छन् भने निर्णायकहरुमा अमर बिरही गुरुङ, पुरुषाेत्तम न्यौपाने, बद्री पराजुली, दुर्गा रायमाझी, चन्द्र शर्मा, राधिका हमाल, रिता थापा, सुवास केसि, दिपक खड्का, तारापती सुबेदी, शान्ति गुरुङ, शिब हमाल, पार्वती जिसि लगायत अन्य रहेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...