गायक नवीन पौडेल र आशा बिसिको स्वरमा “हरहर बास्ना” सार्वजनिक

काठमाडौं / नेपाल

लोक गायक नविन पौडेलको तिज कोसेली गीत “हरहर बासना” को भिडियो केही दिन अगाडि बजारमा आएको छ । गायक पौडेलको आफ्नै शब्द सिर्जना रहेको गीतमा उनलाई गायिका आशा बिसीले आवाजमा सघाएकी छन् ।

रवि कार्कीले संगीत भरेको उक्त गीतमा कृष्ण केसीले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा गायक पौडेलकी आफ्नै छोरी स्वीकृती पौडेलले नृत्य गरेकी छन् ।

नृत्यंगना स्वीकृतीले कुनै सिकाइ र ट्रेनिङ बिना नै विभिन्न नृत्य प्रतियोगिताहरुमा धेरै ठाउँमा प्रथम स्थान हासिल गरिसकेको गायक पौडेलले जानकारी दिए । जुन भिडियोमा उनको उत्कृष्ट नृत्य देख्न सकिन्छ । स्वीकृतीलाई नृत्यमा सन्तोष शर्माले साथ दिएका छन् ।

विस्तारै उक्त गीतले युट्युबमा चर्चा बटुल्दै गएको गायक नविनले बताए । कुनै पनि गीतले मौलिक पहिचान खोज्नुपर्ने उनको भनाइ छ । ‘कुनै पनि गीतले मौलिक पहिचान खोज्नुपर्छ’, उनले भने, ‘कतिपय बजारमा आएका गीतमा मौलिकता कम पाइन्छ ।’ साथै, उनले आफ्नो उक्त गीत मौलिकतामा रहेको पनि जिकिर गरे ।

नृत्यंगना स्वीकृती रुपन्देहीको देबदह नगरपालिकास्थित देबदह बोर्डिङ हाइ स्कुलमा कक्षा आठमा अध्ययनरत भएको नविनले बताए । उक्त गीतको भिडियोमा विष्णु भट्टराईको निर्देशन र छायांकन रहेको भने उनकै सम्पादन छ ।

गीतको भिडियो गायिका आशा बिसीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गायक पौडेलले यसअघि पनि भ्रष्टाचारविरुद्ध देखि समाजका हरेक विकृति र विसंगतिका विषयमा गीत ल्याउँदै आएका छन् ।

सोही गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...