बहुप्रतिभाशाली कलाकार दिप सागरको निधन

काठमाडौं / नेपाल

बहुप्रतिभाशाली कलाकार दिप सागरको निधन भएको छ । उहाँको सोमबार विहान निधन भएको हो । ४२ वर्षीय उहाँको उपचारका क्रममा भेनस अस्पतालमा निधन भएको कलाकार शेरबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँ मोडल, छायाँकार, निर्देशक तथा श्रृङ्गारका रुपमा कला क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो । चलचित्र ‘पुरानो पुस्ता’निर्देशन गर्नुभएका सागरले थुप्रै लोकगीत र सिरियलमा अभिनय पनि गर्नुभएको छ ।

कला क्षेत्रका वहुविधामा आफूलाई संलग्न गराउँदै आउनुभएका उहाँ केही समयदेखि मृगौलाको समस्याबाट पिडित हुनुहुन्थ्यो । स्याङजाका दीपसागरले ५० को दशकको अन्त्यतिरबाट कोरस डान्सरका रूपमा करिअर सुरु गर्नुभएको थियो ।

उहाँले चलचित्र ‘नमस्ते डोल्पा’मा नायकको भूमिकामा अभिनय गर्नुभएको थियो । सागरले अभियन गरेको लोकगीत ‘बेनीको बजार’ निकै लोकप्रिय रहेको छ । यस्तै ‘झरनाको त्यो चिसो पानी’, ‘हिउँ पर्‍यो फुरुरु’, मेरो घान्दु्रक गाउँ’, ‘हङकङ आइडीले’लगायत दुई दर्जन भन्दा बढी बढी गीतको भिडियामा उहाँले अभिनय गर्नुभएको छ भने एकसय भन्दा बढी गीतका भिडियो निर्देशन गर्नुभएको छ ।

उहाँको सोमबार नै पशुपति आर्यघाटमा दाहासंस्कार गरिने कलाकार शेरबहादुर गुरुङले जानकारी गराउनुभयो । सागरका एक श्रीमति, एक छोरी र एक छोरा हुनुहुन्छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...