सुन्दर नगरी टीकापुरमा किसानको सारथी खुल्यो

काठमाडौं । सहकारी भन्ने वित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सीमा भित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसी हितका निम्ती आर्थिक कारोवार गर्न स्थापित गरिएको संस्था हो ।

यस अर्थमा एउटा साझा उद्देश्य लिएर एउटै भौगोलिक क्षेत्र भित्रका व्यक्तिहरूले आ–आफ्नो आर्थिक उन्नतीका लागि दुई वा दुई भन्दा बढी व्यक्तिहरू मिली आ–आफ्नो आयको केहि अंश नियमित रूपमा जम्मा गरी आयमूलक कार्य सञ्चालन गर्न ऋण प्रदान गरेर समूह वा संस्थालाई निरन्तरता प्रदान गर्नु नै सहकारी हो ।

 

सहकारीलाई औद्योगीकरणको उपज मान्न सकिन्छ । नेपाली बृहत् शब्दकोशका अनुसार सहकारी संस्था भन्नाले किसान, मजदुर वा साना पूँजी भएका व्यवसायी वा उपभोक्ताहरूले साझा रूपमा मिलेर सबैको निम्ति उपभोग्य वस्तुको उत्पादन वा वितरण आदिको प्रबन्ध गर्ने र पूँजी तथा श्रम अनुसार मुनाफा बाँडिने एक संस्था भनिएको छ । यस्तै उद्देश्य राखेर पछिल्लो समय कैलालीको टीकापुरमा किस्मत कञ्चन बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा आएको छ ।

 

कृषि क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना गरिएको सहकारीले किसानहरूको आर्थिक स्तरलाई बढाउने अपेक्षा लिइएको छ । सहकारीका अध्यक्ष राजेन्द्र शाहीका अनुसार धान र गँहुको खेती गर्ने किसानहरूलाई लक्षित गरेर सहकारी स्थापना गरिएको छ । किसानलाई उनीहरुले गरेको खेतीको आधारमा ऋण प्रवाहको कामसहित अन्य क्षेत्रमा समेत लगानी रहने छ ।

 

प्रबन्धक शाहीले भन्नुभयो, ‘हामिले एक बिगाहा क्षेत्रमा धान लगाएका किसानलाई २५ हजार देखि पाँच बिगाहा क्षेत्रमा धान लगाएका किसानलाई बिना धितो एक लाखसम्म ऋण प्रवाह गर्दै आएका छौं ।’ त्यसमा सहकारीले १५ प्रतिशतसम्म ब्याज लिने गरेको छ । कृषि उत्पादनलाई बढाउनका लागि किसानहरूलाई लगानी गर्ने माध्यमको रुपमा सहकारीलाई लिइएको शाहीले बताउनुभयो ।

 

साथै सहकारीले किसानहरूले उत्पादन गरेको वस्तु खरिद गर्नेछ । बजार मूल्य भन्दा केही थप मुल्यमा खरिद गरिने सहकारीका अध्यक्ष शाहीको भनाइ छ । ‘किसानलाई हामिले लगानी गर्छौं । किसानले उत्पादन गरेको खाद्यान्न हामी नै खरिद गर्छौं ।’ शाहीले भन्नुभयो, ‘त्यतिमात्र होइन, सहकारीको १० हजार बिगाहामा धान उत्पादन गर्ने लक्ष्य समेत रहेको छ ।’

 

सुदूरपश्चिमका सबै जिल्लामा शाखा विस्तारसँगै काम गर्ने लक्ष्य सहकारीको रहेको बताउँदै शाहीले कञ्चन खाद्य उद्योग आफैसँग भएका कारण पनि सहकारीले खरिद गरेको खाद्यान्न बाहिर पठाउनु नपर्ने बताउनुभएको छ ।

किस्मत कञ्चन बहुउद्देश्यीय सहकारी संस्था किन फरक ?

यो सहकारी अरुको तुलनामा नितान्त फरक रहेको छ । कैलाली जिल्लामा मात्रै नभएर यो सहकारी देशभरीकै लागि कृषि क्रान्तीको नयाँ आयाम बन्ने देखिन्छ । खेती गर्ने सिजनमा पैसा नपाएर हैरानी खेपिरहेका किसानलाई किस्मत कञ्चन बहुउद्देश्यीय सहकारी संस्था स्थापना भएपछि थप हौसला प्रदान भएको छ । किसानले वर्षभरी उत्पादन गरेको फसललाई सस्तोमा किन्न खोज्ने व्यापारीहरु समेत निरुत्साहित हुने देखिन्छ ।

 

पछिल्लो समय किसानले श्रमको मूल्य नपाएको गुनासो बढिरहेका बेला अब भने यो स्थितिलाई किस्मत कञ्चन बहुउद्देश्यीय सहकारी संस्थाले कम गर्दै लैजाने बताएको छ । उत्पादन भएका धान गहुँलाई उचित मूल्यमा खरिद गर्ने सहकारीको लक्ष्य रहेको छ । किसानहरु आफ्नो उत्पादन लगेर बजार भौतारिनुपर्ने समस्याको समेत अन्त्य हुने देखिएको छ । कम मुनाफा बढी लगानीको लक्ष्य लिएको सहकारीले किसानका हरेक दुःखमा सहयोग गर्ने बताएको छ ।

 

कैलालीलगायत तराईका जिल्ला उत्पादनका लागि योग्य भूमि हो । यहाँको उत्पादनले देशका विभिन्न जिल्लामा समेत खान पुगिरहेको छ । तर, उत्पादन बढाउनका लागि कृषकहरुलाई तालिम र परामर्शको खाँचो देखिन्छ । यो सहकारीले बढी फसल उत्पादन गर्ने कृषकलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने, विज्ञको टोली ल्याएर आधुनिक कृषिका बारेमा तालिम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

 

टीकापुरको वर्तमान अवस्था र सहकारीको अवस्थिति ः

कैलालीको टीकापुर क्षेत्र नमूना शहरका रुपमा परिचित छ । त्यहाँ नेपालकै दोस्रो ठूलो बृहत्त उद्यान टीकापुर पार्क अवस्थित छ । केही समय अगाडिको अखण्ड सुदूरपश्चिमको आन्दोलनका बेला हिंसा भड्किदाँ त्यहाँको समाजमा केही असर गरेपनि क्रमशः सुधार हुँदै गएको छ । तराईको आदिबासी थारुको नेतृत्व पाएको टीकापुर नगरपालिकाले बल्ल विकासको गति लिएको देखिन्छ । यस अगाडिका नेतृत्वबाट आजित बनेका टीकापुरबासीमा अब भने आशा पलाएको देखिन्छ ।

 

टीकापुरमा धेरै सहकारी रहेका छन् । त्यहाँका कतिपय सहकारीमा नागरिकको विश्वास कम छ भने केही सहकारीहरु राम्रै फस्टाएका छन् । सहकारीको नाम भजाएर चर्को ब्याजदर असुल्ने सहकारीको बिगबिगी टीकापुरमा छ ।

लगानीकर्ताहरुलाई बोनस बाँड्ने र कर्मचारीहरुलाई सेवासुविधा थप्ने बाहानामा त्यहाँका सर्वसाधारण चर्को ब्याज तिर्न बाध्य बनेका छन् । तर, किस्मत कञ्चन बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना भएपछि विगतका समस्याको समाधान हुने ग्राहकहरुको अपेक्षा छ ।

 

सहकारी सञ्चालन गर्न कर्मचारी, भवनलगायतका पूर्वाधार आवश्यक पर्ने भएकोले त्यसको व्यवस्थापनका लागि सामान्य ब्याजदर निर्धारण गरेको सहकारीले आफू बलियो रुपमा स्थापित भइसकेपछि किसानलाई थप सहुलियत दिने योजना बनाएको छ । सहकारी फाइदा भन्दा पनि किसानको गर्जो टार्ने किसिमले स्थापित भएकोले धेरै मूनाफाको अपेक्षा नगरिएको अध्यक्ष शाहीले बताउनुभयो । शाहीले ८० करोडको लागतमा आफ्नै २ वटा राइस मिल र एउटा काठ उधोग पनि सञ्चालन गर्नुभएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...