हालै सम्पन्न निर्वाचनबाट प्रतिनिधी सभामा निर्वाचित ८ महिलाहरु को को हुन् त ? उनीहरु कस्तो ब्यक्ती हुन् ?

काठमाडौं, नेपाल । राजनीतिमा महिला सहभागिता बढाउन संविधानमै व्यवस्था गरिएको छ । २०७२ को संविधानको धारा ३८ को उपधारा ४ मा भनिएको छ, “राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक छ” ।

तर विगतको निर्वाचनदेखि नै महिला सहभागिता बढाउन कार्यान्वयन पक्ष अत्यन्त कमजोर देखिएको छ । संविधानले राज्यका हरेक तहमा महिला सहभागिता ३३ प्रतिशत अनिवार्य गरे पनि प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवारीमा उनीहरूको संलग्नता अत्यन्त न्यून देखिएको छ ।

मंसिर ४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारीमा प्रत्यक्षतर्फ एमालेले ११ जना महिलालाई उम्मेदवार बनाएको थियो । तीमध्ये तीन जनाले विजय हासिल गरे भने भगवती चौधरीले सुनसरी–३ मा अग्रता लिएकी छन् । उनको जित सुनिश्चित झैं रहेको छ ।

त्यसै गरी, नेपाली काँग्रेसले पाँच जना महिला उम्मेदवारलाई चुनावी मैदानमा पठाएकोमा सीता गुरुङ एकजना मात्रै विजयी भइन् ।

यसै गरी नेकपा माओवादी केन्द्रले आठ जना महिला उम्मेदवारलाई चुनावी रणमैदानमा खटाएकोमा एक जना रेखा शर्मा मात्रै विजयी हुन सकिन् । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना महिला विजयी भएका छन् भने नागरिक उन्मुक्ति पार्टीका एक उम्मेदवारले विजयी हासिल गरेका छन् । विजेता महिला सांसद्को राजनीतिक पृष्ठभूमि कस्तो छ त :

१.सोविता गौतम

काठमाडौं क्षेत्र नम्बर २ बाट सोविता गौतमले यस पटकको प्रतिनिधि सभामा प्रतिद्वन्द्वीसँग ३,६७२ मत बढी ल्याई बाजी मारेकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी थिइन् । गौतमले १५,२३८ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराम फुयालले फुयालले ११,५६६ मत प्राप्त गरे ।

गौतमलाई हालको प्रतिनिधि सभाको सबैभन्दा कान्छी उम्मेदवारका रुपमा हेरिएको छ । विसं २०५२ मा दोलखामा जन्मिएकी गौतमले त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेसनल ल कलेजबाट कानुन विषयमा स्नातक गरेकी छन् । केही समय पत्रकारिता र अधिवक्ता भई काम गरेकी उनी राजनीतिमा नयाँ अनुहार हुन् ।

२. तोसिमा कार्की

तोसिमा कार्की पेसाले चिकित्सक हुन् । उनले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भई ३१,१३६ मत प्राप्त गरी विजयी भएकी हुन् । उनले प्रतिद्वन्द्वी एमालेका अमृत खड्कालाई १८,१७३ मतले पराजित गरिन् । उनका प्रतिद्वन्द्वीले १२,९६३ मत प्राप्त गरे भने अर्की प्रतिद्वन्द्वी बहालवाला ऊर्जा मन्त्रीसमेत रहेकी माओवादी केन्द्रकी पम्फा भुसालले ८,७९६ मत मात्र पाएकी थिइन् ।

डा. तोसिमा कार्की ११ वर्षदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत थिइन् । निर्वाचनमा होमिनुअघि उनी पाटन अस्पतालमा जनरल सर्जन थिइन् ।

यसअघि उनी २०७८ पुस २ गते चार वर्षका लागि मेडिकल काउन्सिलको सदस्य निर्वाचित पनि भएकी थिइन् । काउन्सिल सदस्य भएकाले सार्वजनिक लाभको पदमा रहेको भनी उनको उम्मेदवारी खारेज गरियोस् भनेर निर्वाचन आयोगले मुद्दा हालेको थियो । सर्वोच्च अदालतबाट मुद्दा जितेर उनी निर्वाचनमा होमिइन् र सफलता पनि हासिल गरिन् ।

३.रेखा शर्मा

रेखा शर्मा नेपाली कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० की उम्मेदवार हुन् । उनले दाङ–२ बाट २६,८८० मत प्राप्त गरी विजयी भइन् । उनले आफ्ना निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई १९३ मतले पराजित गरिन् । पोखरेलले २६,६८७ मत प्राप्त गरे ।

माओवादी स्थायी कमिटी सदस्यसमेत रहेकी रेखा शर्मा २०७० मा समानुपातिकबाट संविधान सभाको सदस्य बनेकी थिइन् । त्यसपछि २०७४ मा पनि उनी समानुपातिकबाट संसद् भवन छिरेकी थिइन् । सामान्य प्रशासन मन्त्री समेत रहिसकेकी शर्मा यस पटक प्रतिनिधि सभा प्रत्यक्षबाट निर्वाचित हुने माओवादी पार्टीको एक्ली महिला भएकी छिन् । कृष्णबहादुर महराले दाङ–२ बाट चुनाव नलड्ने भनी ब्याक भएपछि रेखालाई अघि सार्दा पार्टीको साख जोगाउन सफल भइन् ।

४.विद्या भट्टराई

विद्या भट्टराई कास्की क्षेत्र नम्बर २ बाट १६,९९८ मत प्राप्त गरी प्रतिनिधि सभामा निर्वाचित भएकी हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी माधवप्रसाद कँडेललाई ४,५०३ मत ल्याएर पराजित गरेकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका कँडेलले १२,४९५ मत प्राप्त गरेका थिए ।

भट्टराई यसअघि आफ्ना श्रीमान् रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा भएको उपचुनावमा प्रतिनिधि सभा प्रत्यक्ष तर्फबाट निर्वाचित भएकी थिइन् । संसदीय राजनीतिमा आउनुअघि उनी शिक्षण पेसामा आबद्ध थिइन् ।

राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु गरेकी उनी २०५५ मा अनेरास्ववियुको सचिव भएकी थिइन् । उनी एमाले उपत्यका महिला कमिटी सचिव हुँदै सङ्घीय मामिला विभागकी सदस्य बनेकी थिइन् ।

५.जुली कुमारी महतो

एमालेकी जुली कुमारी महतो (महासेठ) ले धनुषा क्षेत्र नम्बर ३ बाट ३३,३८८ मत प्राप्त गरी विजयी भएकी हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अनिल कुमार झालाई ११,७०२ मतले पराजित गरेकी हुन् । झाले २१,६८६ मत प्राप्त गरे ।

उनी एमाले सचिव रघुवीर महासेठकी श्रीमती हुन् । केपी ओली नेतृत्वको सरकारमा उनी छोटो समयका लागि मन्त्रीसमेत बनेकी थिइन् ।

६.ज्वालाकुमारी साह

एमालेकै ज्वालाकुमारी साह बारा क्षेत्र नम्बर ३ बाट २०,२५१ मत प्राप्त गरी विजयी भएकी छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवलाई २,९७२ मतले पराजित गरेकी हुन् । यादवले १७,२७९ मत प्राप्त गरे ।

साह पूर्वमाओवादी नेत्री हुन् । नेकपा विभाजन हुँदा उनी एमालेतिर लागिन् । माओवादी केन्द्रमा रहँदा उनी बाराबाट प्रदेश सभा सदस्यमा समेत विजयी भएकी थिइन् । एमालेमा गएपछि माओवादीले उनको प्रदेश सभा सदस्य खारेज गरेपछि एमालेले उनलाई सांसद नहुँदै कृषिमन्त्री बनाएको थियो ।

७.रञ्जिता श्रेष्ठ चौधरी

रञ्जिता श्रेष्ठ चौधरी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी छन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट ३०,४०४ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२,३२३ मत अन्तरले पराजित गरिन् । चौधरीले १८,०८१ मत पाए ।

नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ निवर्तमान सांसद रेशम चौधरीकी श्रीमती हुन् । राजनीतिमा आउनु अघि उनी रेडियोकर्मी थिइन् । रेडियोमा सँगै काम गर्दा यी दुइले किशोरावस्थामै लगनगाँठो कसेका थिए । उनको माइती काठमाडौंको क्षेत्रपाटी हो । रेडियो सगरमाथामा कार्यक्रम सञ्चालन गरेकी उनी टीकापुरस्थित आफ्नै फूलवारी एफएमकी स्टेशन म्यानेजर थिइन् ।

टीकापुर घटनापछि फरार अवस्थामै रेशम चौधरीले २०७४ को प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । सो चुनावमा रञ्जिताले नै रेशमको भिडियो फुटेज गाउँ गाउँमा देखाएर चुनाव जिताएकी थिइन् ।

यसपाली बर्दिया–२ बाट उम्मेदवारी दिए पनि टीकापुर घटनामा नाम जोडिएका कारण रेशमको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदियो । सो क्षेत्रबाट रेशमका पिता लालवीर चौधरी स्वतन्त्र उम्मेदवारी भई जित हासिल गरेका छन् । रञ्जिता ससुरा लालवीरसँगै संसद भवन टेक्ने छिन् ।

८. सीता गुरुङ

तेह्रथुमकी सीता गुरुङ प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव जित्ने काँग्रेसकी एक्ली सांसद हुन् । ४५ वर्षीया गुरुङ एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले हराई विजयी भइन् ।

पार्टीमा देउवानिकट रहेकी काँग्रेस केन्द्रीय सदस्य गुरुङले १९,७०२ भोट ल्याइन् भने एमालेका सुब्बाले १८,६२३ मत ल्याए । गुरुङ २०६४ र २०७० को संविधानसभामा समानुपातिक सांसद थिइन् । प्रतिनिधिसभाको चुनाव २०७४ मा वर्तमान स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग पराजित भएकी थिइन् ।

तेह्रथुमको इवामा जन्मिएकी गुरुङ २०६० मा नेपाल महिला संघको केन्द्रीय सचिव भइन् । २०६७, २०७२ र २०७८ मा भएको नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशनमा उनी लगातार केन्द्रीय सदस्य निर्वाचित हुन सफल भइन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

वि.सं.२०८२ पुस २९ मंगलवार १३:०३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन “म्युजिक भिडियो कलाकार संघ नेपाल”...

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ पुस २८ सोमवार १३:१८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

वि.सं.२०८२ पुस २३ बुधवार १२:३५

ललितपुर । "पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२"  मंसिर...

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

अरेन्ज बल प्रा.लि.को १४औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

वि.सं.२०८२ पुस २२ मंगलवार ११:४०

काठमाडौं, २१ — बिद्धा नन्द झाद्वारा स्थापना गरिएको अरेन्ज बल...

“नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” मा कलाकार, समाजसेबी र पत्रकार सम्मानित

“नवौं मनास्लु राष्ट्रिय अवार्ड – २०८२” मा कलाकार, समाजसेबी र पत्रकार सम्मानित

वि.सं.२०८२ पुस २० आइतवार १२:१३

काठमाडौं । मनास्लु मिडिया प्रा.लि. द्वारा सञ्चालित हरपल खबरको रफ्तार—...

बुवा आमा प्रती समर्पित गीत “आमा बाबा” सार्वजनिक

बुवा आमा प्रती समर्पित गीत “आमा बाबा” सार्वजनिक

वि.सं.२०८२ पुस १६ बुधवार १६:११

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...