एक हजार भन्दा बढी मृगौला पिडितहरुको सफल मृगौला प्रत्यारोपण गरेका डा.पुकार चन्द्र श्रेष्ठलाई बिशेष सम्मान

काठमाडौं । श्री मृगौला पिडित सरोकार समाज नेपाल, केन्द्रिय कार्यसमितीको “५ औं महाधिबेशन तथा सम्मान कार्यक्रम – २०८०” सम्पन्न भएको छ । यस महाधिबेशनमा केन्द्रिय अध्यक्ष बलराम सुबेदीको अध्यक्षता रहेको थियो भने माननिय दिपा शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

महाधिबेशनमा डा. पुकार चन्द्र श्रेष्ठ, डा. निकोलस भुसाल, डा. ऋषि काफ्ले लगायत समाजसेबीहरु, पत्रकार र मृगौला पिडित तथा दिर्घ रोगी पिडितहरुको बिशेष सहभागिता रहेको थियो । श्री मृगौला पिडित सरोकार समाज नेपाल, केन्द्रिय कार्यसमितीको ५ औं महाधिबेशन तथा सम्मान कार्यक्रम २०८० को अवसर नेपालमा मृगौला प्रत्यारोपणको सुरुवात गरेका र हाल सम्म एक हजार भन्दा बढी मृगौला पिडितहरुको सफल मृगौला प्रत्यारोपण गरेका डा.पुकार चन्द्र श्रेष्ठलाई बिशेष सम्मान गरिएको थियो । साथै मृगौला पिडितहरु र यस संस्थालाई सहयोग गर्ने डाक्टर, समाजसेबी र पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो ।

श्री मृगौला पिडित सरोकार समाज नेपाल, केन्द्रिय कार्यसमितीको “५ औं महाधिबेशन तथा सम्मान कार्यक्रम – २०८०” बाट बलराम सुबेदी अध्यक्ष पदमा पुनः निर्वाचित भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा गोबिन्द श्रेष्ठ, खुल्ला उपाध्यक्षमा हरिहर गिरी, महिला उपाध्यक्षमा रोजिना तामाङ, महासचिवमा राज कुमार रायमाझी, सचिवमा मिरा स्याङतान, सह सचिवमा रामजी तामाङ, कोषाध्यक्षमा बेद कुमारी गुरुङ, सहकोषाध्यक्षमा रत्न कुमारी ठकुल्ला र सदस्यहरुमा भुवन बास्तोला, घन बहादुर गुरुङ, चेत बहादुर पोगी, सिता श्रेष्ठ, हरि बहादुर कार्की, प्रेम कुमार श्रेष्ठ, धर्म बहादुर कार्की, राजन कुमार अधिकारी, मुना रोक्का, तुलसी सुबेदी, राजेश श्रेष्ठ, तारा हमाल, एक बहादुर श्रेष्ठ, हरी हमाल, हिमाकान्त पाण्डे, टिकाराम भट्टराई आदी निर्वाचित भएका छन् । नव निर्वाचित कार्यसमितीलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...