पत्रकार केशर बिश्वकर्मा “अथक” को “यात्रा जिन्दगीको” गजल संग्रह लोकार्पण
वि.सं.२०८० जेठ २८ आइतवार ०६:३१
काठमाडौं । पत्रकार केशर बिश्वकर्मा “अथक” को “यात्रा जिन्दगीको” गजल संग्रह लोकार्पण भएको छ । पत्रकार सम्मेलन सहित लोकार्पण भएको कार्यक्रममा केशर बिश्वकर्मा “अथक” सभापती रहेका थिए भने प्रमुख अतिथीको रुपमा गजलबिद डा. नारायण प्रसाद शर्मा गैरे रहेका थिए ।
सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी राजकुमार रायमाझीले गरेका थिए । लिखुपिके गाँउपालिका वडा नं. ५, छिरिङखर्क, सोलुखुम्बुमा माता गंगामाया बिश्वकर्मा र पिता भिम कुमार बिश्वकर्माको कोखबाट जन्मिएका केशर बिश्वकर्मा पत्रकार र शिक्षक थिए भने “यात्रा जिन्दगीको” गजल संग्रहबाट गजलकार बनेका छन् ।
उनी सानै देखी पत्रकारीता र साहित्यमा रुची राख्ने गर्दथे । स्नातक तह उत्तीर्ण गरेर हालः शिक्षण पेशा संगै पत्रकारिता गरिरहेका केशर बिश्वकर्मा “अथक” ले साहित्यिक क्षेत्रलाई पनि अगाडी बढाउने उनको सोच रहेको बताए ।
वि.सं.२०८० जेठ २८ आइतवार ०६:३१