म्युजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त निर्वाचित ?

काठमाडौं । म्युजिक भिडियोमा अभिनय गरेर आफ्नो जिविकोपार्जन गर्ने कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन – २०८०” भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रममा लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको अध्यक्षता रहेको थियो भने चलचित्र कलाकार संघ नेपालका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर, बरिष्ठ कलाकार तथा निर्देशक रबिन्द्र खड्का, बरिष्ठ गायक सिताराम पोखरेल, बाबुराजा कसी “उज्ज्वल”, हरी डाँगी, हुम गैरे, सेमन्तमणी खराल, लगायत थुप्रै कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सोही संस्थाका महासचिव सुनिल लामिछानेले गरेका थिए । म्युजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन – २०८०” को अवसरमा सोही संस्थाकी संस्थापक अध्यक्ष अञ्जु निरौला, बरिष्ठ कलाकार बिनोद श्रेष्ठ, बरिष्ठ कलाकार सरु बिस्ट, बरिष्ठ कलाकार सगुन श्रेष्ठ, कलाकार रञ्जन रिजाल, उत्कृष्ट सदस्य सनम कठायत आदीलाई सम्मान गरिएको थियो ।

 

म्युजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन – २०८०” बाट सम्झना बुढाथोकी निर्बिरोध रुपमा निर्वाचित भएकी छिन् भने बरिष्ठ उपाध्यक्षमा महेन्द्र गौतम (निर्बिरोध निर्वाचित), उपाध्यक्ष पदमा शिवन पोखरेल (अत्याधिक मतले बिजयी), महिला उपाध्यक्षमा मञ्जिता केसी (निर्बिरोध निर्वाचित), महासचिवमा सुनिल लामिछाने (पुनः निर्बिरोध निर्वाचित), सचिवमा बिमल अधिकारी (२ मतले बिजयी), महिला सचिवमा सारिका केसी (निर्बिरोध निर्वाचत), कोषाध्यक्षमा देबेन्द्र क्षत्री (निर्बिरोध निर्वाचित) भएका छन् । त्यस्तै खुल्ला सदस्य पदमा काजिश श्रेष्ठ, बिक्रम चौहान, ओबी रायमाझी, प्रबिण थापा, चक्र बम अत्याधिक मतले बिजयी भएका छन् भने महिला सदस्यहरुमा उषा सुबेदी र सञ्चिता शाही अत्याधिक मतले बिजयी भएका हुन् ।

 

 

उपाध्यक्ष पद, सचिव पद, खुल्ला सदस्य पद र महिला सदस्य पदमा सहमती हुन नसकेपछि मतदान गरिएको थियो भने अन्य पदहरुमा भने निर्बिरोध निर्वाचित भएका थिए । निर्वाचन समितीको संयोजकका रुपमा अधिवक्ता सेमन्तमणी खराल रहेका थिए भने बाबुराजा केसी “उज्जवल”, हरी डाँगी, हुम गैरे लगायत अन्य ब्यक्ति निर्वाचन समितीका सदस्यका रुपमा रहेका थिए ।

 

निर्वाचन सकिए पश्चात नवनिर्वाचित अध्यक्ष सम्झना बुढाथोकीले संस्थालाई पृथक तरिकाले अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्दै सबैले साथ सहयोग गरिदिन अनुरोध गरेकी थिईन् । कार्यक्रम समापनको बेला शंकर बिसीले आफु निवर्तमान भएपनि संस्था बाहिर भएको अनुभुती गराउने छैन, संस्थालाई आफुले सकेको सहयोग गर्नेछु । केही परे मलाई सम्पर्क गर्न सक्नुहुने छ भनेर प्रतिबद्धता जनाएका थिए ।

 

नवनिर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं सफल कार्यकालको लागी शुभकामना ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...