म्युजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त निर्वाचित ?

काठमाडौं । म्युजिक भिडियोमा अभिनय गरेर आफ्नो जिविकोपार्जन गर्ने कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन – २०८०” भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रममा लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको अध्यक्षता रहेको थियो भने चलचित्र कलाकार संघ नेपालका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर, बरिष्ठ कलाकार तथा निर्देशक रबिन्द्र खड्का, बरिष्ठ गायक सिताराम पोखरेल, बाबुराजा कसी “उज्ज्वल”, हरी डाँगी, हुम गैरे, सेमन्तमणी खराल, लगायत थुप्रै कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सोही संस्थाका महासचिव सुनिल लामिछानेले गरेका थिए । म्युजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन – २०८०” को अवसरमा सोही संस्थाकी संस्थापक अध्यक्ष अञ्जु निरौला, बरिष्ठ कलाकार बिनोद श्रेष्ठ, बरिष्ठ कलाकार सरु बिस्ट, बरिष्ठ कलाकार सगुन श्रेष्ठ, कलाकार रञ्जन रिजाल, उत्कृष्ट सदस्य सनम कठायत आदीलाई सम्मान गरिएको थियो ।

 

म्युजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन – २०८०” बाट सम्झना बुढाथोकी निर्बिरोध रुपमा निर्वाचित भएकी छिन् भने बरिष्ठ उपाध्यक्षमा महेन्द्र गौतम (निर्बिरोध निर्वाचित), उपाध्यक्ष पदमा शिवन पोखरेल (अत्याधिक मतले बिजयी), महिला उपाध्यक्षमा मञ्जिता केसी (निर्बिरोध निर्वाचित), महासचिवमा सुनिल लामिछाने (पुनः निर्बिरोध निर्वाचित), सचिवमा बिमल अधिकारी (२ मतले बिजयी), महिला सचिवमा सारिका केसी (निर्बिरोध निर्वाचत), कोषाध्यक्षमा देबेन्द्र क्षत्री (निर्बिरोध निर्वाचित) भएका छन् । त्यस्तै खुल्ला सदस्य पदमा काजिश श्रेष्ठ, बिक्रम चौहान, ओबी रायमाझी, प्रबिण थापा, चक्र बम अत्याधिक मतले बिजयी भएका छन् भने महिला सदस्यहरुमा उषा सुबेदी र सञ्चिता शाही अत्याधिक मतले बिजयी भएका हुन् ।

 

 

उपाध्यक्ष पद, सचिव पद, खुल्ला सदस्य पद र महिला सदस्य पदमा सहमती हुन नसकेपछि मतदान गरिएको थियो भने अन्य पदहरुमा भने निर्बिरोध निर्वाचित भएका थिए । निर्वाचन समितीको संयोजकका रुपमा अधिवक्ता सेमन्तमणी खराल रहेका थिए भने बाबुराजा केसी “उज्जवल”, हरी डाँगी, हुम गैरे लगायत अन्य ब्यक्ति निर्वाचन समितीका सदस्यका रुपमा रहेका थिए ।

 

निर्वाचन सकिए पश्चात नवनिर्वाचित अध्यक्ष सम्झना बुढाथोकीले संस्थालाई पृथक तरिकाले अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्दै सबैले साथ सहयोग गरिदिन अनुरोध गरेकी थिईन् । कार्यक्रम समापनको बेला शंकर बिसीले आफु निवर्तमान भएपनि संस्था बाहिर भएको अनुभुती गराउने छैन, संस्थालाई आफुले सकेको सहयोग गर्नेछु । केही परे मलाई सम्पर्क गर्न सक्नुहुने छ भनेर प्रतिबद्धता जनाएका थिए ।

 

नवनिर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं सफल कार्यकालको लागी शुभकामना ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...