“नारायण रायमाझी साङ्गीतिक साँझ – २०८०” यही भदौ १५ गते सम्पन्न हुँदै

काठमाडौं । “नारायण रायमाझी साङ्गीतिक साँझ – २०८०” को तयारी पूरा भएपछि पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा सम्पुर्ण बिबरण बताईएको छ । पत्रकार सम्मेलनमा प्रतिष्ठान की केन्द्रिय अध्यक्ष रिता थापा मगरको अध्यक्षता रहेको थियो । रायमाझीको उक्त साङ्गीतिक साँझ यही भदौ १५ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको छ । स्रष्टाको सम्मानको लागि प्रतिष्ठानले यस अघि नै कार्यक्रमको घोषणा गरिसकेको थियो ।

 

पत्रकार सम्मेलनमा केन्द्रिय अध्यक्ष रिता थापा मगरले बिज्ञप्ती सहित सम्पुर्ण जानकारी गराएकी थिईन् भने कार्यक्रमको सञ्चालन कार्यबाहक महासचिव शिरिष देशकोटाले गरेका थिए । यस कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले अग्रज कलाकारको सम्मान, लोक कला र संस्कृतीको संरक्षण गर्ने उद्देश्यका साथ यो वर्षबाट अग्रज स्रष्टा तथा कलाकारहरुको एकल साँझको आयोजनाको सुरुवात गर्न लागेको कुरा जानकारी दिनुका साथै नारायण रायमाझी साङ्गीतिक साँझलाई भब्य तथा सभ्य रुपमा सफल बनाईदिन अनुरोध समेत गरेकी छिन् ।

 

नारायण रायमाझी साङ्गीतिक साँझमा रायमाझीले आफूले गाएका उत्कृष्ट गीतहरू प्रस्तुत गर्ने जनाइर्एको छ। उक्त साँझलाई प्रतिष्ठानले राष्ट्रकै गौरवको रूपमा चित्रण गरेको छ । रायमाझी लोकगीत, सङ्गीत, संस्कृतिको निरन्तर साधक हुन् । उनले आफ्नो सम्पूर्ण जीवन गीत संगीतमै समर्पण गरेका छन् । रायमाझी चलचित्र निर्देशक पनि हुन्। उनले निर्देशन गरेका चलचित्रहरु गोर्खा पल्टन, परदेशीले अत्याधिक चर्चा कमाउन सफल भएका थिए । उनी बि.सं. २०२० सालमा पाल्पामा आमा कृष्ण कुमारी र बुवा सूर्य बहादुर रायमाझीको दोस्रो सन्तानको रुपमा जन्मिएका हुन् ।

 

नेपाल टेलिकमको प्रायोजन रहने उक्त साङ्गीतिक साँझमा चर्चित कलाकारहरु र संगीतप्रेमीहरुको उपस्थिति रहने छ । रायमाझीले आफ्नो साङ्गीतिक यात्रा भने २०४२ सालबाट सुरु गगरेका हुन् । उनले त्यति वेला कारगिल (रेलिमै) बाट आफ्नो साङ्गीतिक यात्राको सुरुवात गरेका हुन् । उनका गीतहरु फुलबुट्टे चोलीमा, राम्दीपुल तरने बित्तिकै, राम्दी पुल तर्ने, गेटमा वेली जाई, कालो केशमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैंचो नदेऊ साइँली, लाइछौं वेशन, नमुछे आमा दहीमा टिका, हाँसेर बोलिदेऊ माया, सान्नानीले झुक्यायो मलाई लगायत सयौं गीतहरू सबैका मन मुटुमा बस्न सफल गीतहरु छन् ।

 

 

जीवनमा एकल साँझ गरिन्थ्यो, गरिँदैन थियो । प्रतिष्ठानले एक अवसर दिएको छ। रायमाझीले भने कता कता डर, कता कता उत्साह लागि रहेको छ । म पनि एउटा नयाँ अनुभव गर्दैछु । जीवनका सुख, दुःखका नयाँ तथा पुराना गीत संगीत दर्शक समक्ष पोख्ने सुवर्ण अवसरको रुपमा एकल साँझलाई आफूले लिएको भन्दै भाबुक हुँदै रायमाझीले आफ्नो बिगत देखी वर्तमानका कुराहरु सुनाए ।

 

 

धेरै कालजयी गीतहरु गाएका रायमाझीले सबै गीतहरु प्रस्तुत गर्न नसकिएता पनि दर्शकहरुको मन मुटुमा बस्न सफल गीतहरु अवश्य गाउने कुरा पत्रकार सम्मेलनमा जानकारी गराउनुका साथै गीति नाटक, नृत्य लगायत अन्य कलाकारहरुले प्रस्तुतीमा साथ दिने जानकारी गराए । काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको हलभित्र आयोजना हुने यस कार्यक्रममा भिआइपीहरुका लागि छुट्टै, प्रायोजकहरु र सहयोगीदाताहरुका लागी छुट्टै ब्यवस्था गरिनुका साथै हल भित्र अटाउन नसकेका दर्शकहरुका लागी हल बाहिर स्क्रिनमा निःशुल्क रुपमा हेर्न पाउने कुरा प्रतिष्ठान की अध्यक्ष रिता थापाले जानकारी दिईन् ।

 

 

पत्रकार सम्मेलनमा साङ्गीतिक साँझको प्रोमो समेत सार्वजनिक गर्नुका साथै पत्रकारहरु संग साङ्गीतिक साँझ बारे छलफल पनि गरिएको थियो । सो कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष तथा संरक्षक दुर्गा रायमाझी, बरिष्ठ गायक प्रेमराजा महत, प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनी, अग्रज गायक एबं सर्जक भगवान भण्डारी, प्रतिष्ठानका सल्लाहकारहरु पृथ्बी थकाली, राजन लम्साल, उज्ज्वलजंग ठकुरी, रामचन्द्र कोइराला, आरसी कोइराला लगायत थुप्रै कलाकारहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

वि.सं.२०८३ जेठ ३ आइतवार १३:५६

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...

कुमार केसी जे मा पनि फिट, “शिरैमा” नामक गीत हुन लाग्यो हिट (भिडियो सहित)

कुमार केसी जे मा पनि फिट, “शिरैमा” नामक गीत हुन लाग्यो हिट (भिडियो सहित)

वि.सं.२०८३ जेठ ३ आइतवार १३:२६

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...

चर्चित कलाकार तथा मोडल आशा बिश्वकर्माको मर्मस्पर्शी गीत “पिरको भारीले” सार्वजनिक

चर्चित कलाकार तथा मोडल आशा बिश्वकर्माको मर्मस्पर्शी गीत “पिरको भारीले” सार्वजनिक

वि.सं.२०८३ जेठ २ शनिवार ०८:३९

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...

गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत “मायाको डोरीले मलाई” सार्वजनिक

गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत “मायाको डोरीले मलाई” सार्वजनिक

वि.सं.२०८३ जेठ १ शुक्रवार १३:४२

काठमाडौं। गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत "मायाको डोरीले...

साहित्यकार विष्णुभक्त राई “विभरा किराती” को नयाँ कविता सङ्ग्रह आदिम फूल सार्वजनिक

साहित्यकार विष्णुभक्त राई “विभरा किराती” को नयाँ कविता सङ्ग्रह आदिम फूल सार्वजनिक

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:४०

ललितपुर । साहित्यकार विष्णुभक्त राई "विभरा किराती" को नयाँ कविता...

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:०६

काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न...