काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी सञ्चालनमा रोक
वि.सं.२०७८ साउन २६ मंगलवार १०:२१
काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् ।
“साँझ ८ बजेभित्र गन्तव्यमा पुगि सक्नुपर्छ’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले भने–‘८ बजेबाट निजी र सार्वजनिक दुवै सवारी चलाउन रोक लगाउने निर्णय गरेका छौं ।”
निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । निषेधाज्ञाको समय भदौ ८ सम्म थप गरिएको छ ।
वि.सं.२०७८ साउन २६ मंगलवार १०:२१