माधव नेपाल पक्षलाई छिटो भन्दा छिटो मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग केपी ओलिको आग्रह

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई छिटो भन्दा छिटो मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । 

 मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो दलमा केही घाटा भएपनि माधव नेपाल पक्षलाई मन्त्री दिन हात जोडेर बिन्ती गर्दै देउवासँग आग्रह गरेका हुन् । 

‘सम्माननीय प्रधानमन्त्री ज्यू मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर तपाईँका पछि कुदेका छन् । सम्माननीय प्रधानमन्त्रीज्यू तिनीहरूलाई मन्त्री दिनुस् न ! किन विलम्ब गर्नुभएको ?’, ओलीले भने, ‘हिरिक्क हिरिक्क भएका छन् विचराहरू मन्त्री खानका लागि प्लिज !’

देउवालाई हात जोडेर नमस्कारसहित बिन्तीको शैलीमा ओलीले अगाडि भने, ‘यति त गराइसक्नु भयो, पछिपछि हिँडेका छन् । कुदेका छन्, फ्याँफ्याँ, स्वाँस्वाँस्वाँ गरेका छन् । मन्त्री खानपाउँ भनेका छन्। बिहान बेलुकै चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुस् प्लिज !’ 

नेपाल पक्षले आफ्नै पार्टी नेतृत्वको सरकार ढालेर देउवाको नेतृत्वमा सरकार बनाउन सहयोग गरेको थियो । तर नेपाल पक्ष हालसम्म सरकारमा भने सहभागी नभएको अवस्थामा ओलीले कटाक्ष गर्दै संसद्मा यस्तो बताएका हुन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

सन्देशमुलक गीत “भुलको बाटो” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०१:३७

काठमाडौं । बुधबार राजधानीमा एउटा निकै राम्रो संदेश मुलक गीतको...

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी श्रृंखला जोशीको नयाँ गीत “छैन हो छैन” सार्वजनिक

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३८

गायिका श्रृंखला जोशीको नयाँ गीत छैन हो छैन सार्बजनिक भएको...

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

चर्चित नायिका एलिजा गौतमलाई इण्डोनेसियामा ‘बेष्ट योङ अन्टरप्रन्यूर’ अवार्ड

वि.सं.२०८२ वैशाख १ सोमवार ०४:३४

काठमाडौं । चर्चित नायिका एवम् प्राइम टिभीकी निर्देशक एलिजा गौतम...

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

“जुनकिरी दोहोरी धमाका एबं सम्मान कार्यक्रम – २०८२” हुने, सो अवसरमा ग्राहकहरुलाई २० प्रतिशत छुट हुने

वि.सं.२०८१ चैत २६ मंगलवार १६:५८

काठमाडौं। नेपालीहरुको नयाँ बर्ष २०८२ को सुरुवात हुन लागेको बेला...

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान, चियापान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार १२:२६

काठमाडौँ, चैत्र २३ - काठमाडौँ फोटोग्राफर संघको आयोजनामा नयाँ वर्ष...

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

“पुरूषोत्तम न्यौपाने सांगीतिक साँझ २०८१” पोखरामा भब्य रुपले सम्पन्न

वि.सं.२०८१ चैत २४ आइतवार ०८:१९

काठमाडौँ । बि.संं २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत रेकर्ड...