माधव नेपाल पक्षलाई छिटो भन्दा छिटो मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग केपी ओलिको आग्रह

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई छिटो भन्दा छिटो मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । 

 मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो दलमा केही घाटा भएपनि माधव नेपाल पक्षलाई मन्त्री दिन हात जोडेर बिन्ती गर्दै देउवासँग आग्रह गरेका हुन् । 

‘सम्माननीय प्रधानमन्त्री ज्यू मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर तपाईँका पछि कुदेका छन् । सम्माननीय प्रधानमन्त्रीज्यू तिनीहरूलाई मन्त्री दिनुस् न ! किन विलम्ब गर्नुभएको ?’, ओलीले भने, ‘हिरिक्क हिरिक्क भएका छन् विचराहरू मन्त्री खानका लागि प्लिज !’

देउवालाई हात जोडेर नमस्कारसहित बिन्तीको शैलीमा ओलीले अगाडि भने, ‘यति त गराइसक्नु भयो, पछिपछि हिँडेका छन् । कुदेका छन्, फ्याँफ्याँ, स्वाँस्वाँस्वाँ गरेका छन् । मन्त्री खानपाउँ भनेका छन्। बिहान बेलुकै चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुस् प्लिज !’ 

नेपाल पक्षले आफ्नै पार्टी नेतृत्वको सरकार ढालेर देउवाको नेतृत्वमा सरकार बनाउन सहयोग गरेको थियो । तर नेपाल पक्ष हालसम्म सरकारमा भने सहभागी नभएको अवस्थामा ओलीले कटाक्ष गर्दै संसद्मा यस्तो बताएका हुन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

गीतकार विष्णु मुरीको शब्दमा तयार गरिएको नयाँ गीत “निर्मोही” को भिडियो सार्वजनिक

गीतकार विष्णु मुरीको शब्दमा तयार गरिएको नयाँ गीत “निर्मोही” को भिडियो सार्वजनिक

वि.सं.२०८३ वैशाख ५ शनिवार १२:३१

काठमाडौं — नयाँ वर्षको अवसर पारेर गीतकार विष्णु मुरीको शब्दमा तयार...

“नाचौला नी खुबै” मा एलिना रायमाझी र जि.आर. बानियाको रोमान्स (भिडियो सहित)

“नाचौला नी खुबै” मा एलिना रायमाझी र जि.आर. बानियाको रोमान्स (भिडियो सहित)

वि.सं.२०८३ वैशाख २ बुधवार १३:०३

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

“मेरो मनको राजा” मा पुस्कर धनुके (सनराईज) र स्मारिका ढकालको रोमान्स (भिडियो सहित)

“मेरो मनको राजा” मा पुस्कर धनुके (सनराईज) र स्मारिका ढकालको रोमान्स (भिडियो सहित)

वि.सं.२०८३ वैशाख १ मंगलवार १३:२५

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा अर्काे...

सुनितामी परियारको “माया हिरिक्कै” गीतले दर्शकहरुको मन जित्दै (भिडियो सहित)

सुनितामी परियारको “माया हिरिक्कै” गीतले दर्शकहरुको मन जित्दै (भिडियो सहित)

वि.सं.२०८२ चैत ३० सोमवार १०:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ झानो” को म्युजिक भिडियो सार्वजनिक

देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ झानो” को म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत ३० सोमवार १०:३८

काठमाडौं। सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ...