स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न गगन थापाको प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन गरिएको प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर थापाले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् ।

देउवाले यो विषयलाई गम्भीरताका साथ लिएको थापाले बताए । साथै तत्काल पहलकदमी लिइ ठोस निर्णय लिने कुराको विश्वास समेत दिलाएको उनले बताए ।  वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न  ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेका थापाको भनाइ छ ।

बुधबार विहान ट्वीटरमा उनले लेखेका छन्, ‘एउटै हलमा धेरै विद्यार्थी राख्दा हुने संक्रमणको जोखिम त छ नै संक्रमितलाई समेत छुट्टै व्यवस्था नहुदा उनीहरू आफ्नो अवस्था लुकाइ परीक्षा दिन बाध्य छन्।’

स्वास्थ्य मन्त्रालयले कोरोनाको तेस्रो लहरबारे बताइरहँदा अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढ्ने थापाले बताए । ‘स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ । तर, विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर,’ थापाले लेखेका छन्  ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबम् सर्जक शोभित बिश्वकर्मालाई एञ्जिला बिश्वकर्माको झलझली याद आएर हैरान (भिडियो सहित)

गायक एबम् सर्जक शोभित बिश्वकर्मालाई एञ्जिला बिश्वकर्माको झलझली याद आएर हैरान (भिडियो सहित)

वि.सं.२०८० फागुन १५ मंगलवार ०८:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा “दोस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८०” सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा “दोस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८०” सम्पन्न

वि.सं.२०८० फागुन १३ आइतवार ०९:४९

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल मञ्जिता केसीले अमेरिका जाने प्रलोभनमा अमेरिकन संग गरिन् बिहे (भिडियो सहित)

चर्चित मोडल मञ्जिता केसीले अमेरिका जाने प्रलोभनमा अमेरिकन संग गरिन् बिहे (भिडियो सहित)

वि.सं.२०८० फागुन ९ बुधवार ०९:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

वि.सं.२०८० फागुन ९ बुधवार ०४:४६

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा...

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

वि.सं.२०८० माघ २६ शुक्रवार ११:४६

गोरखा जिल्ला साबिक थालाजुङ २ हाल सिरान्चोक मा बाबा मनकाजि...