यस वर्ष दशैं टीकाको साइत उत्तम साइत कती बजे ? जानकार हुनुहोस्
वि.सं.२०८० कात्तिक ६ सोमवार १६:२०
काठमाडौं । यस वर्ष दशैं टीकाको साइत उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो।
कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत छ। देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ।
गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि दशैं सुरू भएको हो। कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो दशैं पर्व समाप्त हुन्छ।
वि.सं.२०८० कात्तिक ६ सोमवार १६:२०