दलित बस्तीमा “नेपाल दलित मुक्ति अभियान” को तर्फबाट राहत बितरण

काठमाडौं । नेपाल दलित मुक्ती अभियान जो दलित समुदायको हक हितमा बिगत ४ बर्ष देखि काम गर्दै आएको छ । यहि मंसिर ७ र ८ गते सचिव कमल बिश्वकर्माको नेतृत्वमा भुकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नम्बर १ र २ त्यसैगरी रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिकाको वडा नम्बर ९ र १४ को दलित बस्तीमा “नेपाल दलित मुक्ति अभियान” को तर्फबाट राहत बितरण गरिएको छ ।

 

 

 

राहत बितरण गर्न केन्द्रिय समितिबाट सचिव कमल बिश्वकर्माको नेतृत्वमा प्रवक्ता केपी बाग्दाश, आर्थिक बिभाग प्रमुख किशन बिश्वकर्मा गएका थिए । कर्णाली प्रदेश संयोजक निर्मला बस्याल, केन्द्रीय सदस्य एबं स्थानिय दिपक परियार, पुर्ण बिक, कल्पना परियारले उक्त कार्यक्रमको संयोजन गरेका थिए।

 

 

 

राहत बितरण कार्यक्रममा सचिव बिश्वकर्माले न्यानो फाईबर सिरक, लत्ता कपडा र खाधान बाँड्दै हाम्रो राहत कार्यक्रम साचिकै बिपन्न बर्गको हातमा परेको दाबी गरे । त्यसै गरी सचिव बिश्वकर्माले भुकम्प प्रभाबित क्षेत्रमा बर्ष भरी नै बिबिध कुराहरुको समस्या रहने जस्तै स्वास्थ्यको समस्या, खाधान्नको समस्या रहने छन् ।

 

 

 

यदि साचिकै समस्या रहेको खण्डमा आफुले थप राहत सामग्री पठाउने उदघोष् पनि गरे । पुर्ण निर्माण कार्यमा पनि सरकारसंग सहकार्य गरी उक्त कार्यलाई सहजिकरण गर्ने बताए । प्रबक्ता केपी वागदाशले हामी दलित समुदायको साथमा रहेको जानकारी दिए ।

 

 

 

कर्णाली प्रदेश संयोजक निर्मला बस्यालले दलित समुदायको हकहितको लागी शरीरमा एक थोपा रगत हुन्जेल लड्न मर्न तयार रहेको बताईन्। राहत कार्यक्रमले के देखायो भने । स्थानीय तथा केन्द्रीय सदस्य दिपक परियारले यो बस्ती बस्न नमिल्ने ठाँउ अको जनतालाई बस्ती स्थानान्तरणको लागी सरकारसंग पहल गर्न सचिव बिश्वकर्मलाई अपिल गरेका थिए ।

 

 

लोक गायक तथा नेपाल दलित मुक्ती अभियान साँस्कृतिक बिभाग केन्द्रिय अध्यक्ष सुजन बराइली लगायतका कलाकारहरुको पुर्ण सहयोगमा देउसी भैलो खेलिएको थियो ।जाजरकोट रुकुमका भुकम्प पिडितलाइ सहयोग गर्ने उदेश्यले तिहारको बेला नेपाल दलित मुक्ती अभियान साँस्कृतिक बिभाग केन्द्रिय अध्यक्ष सुजन बराईलीको नेतृत्वमा देउसी भैलो कार्यक्रमको आयोजना गरी रकम संकलन गरिएको थियो । देउसी भैलोबाट उठेको केहि रकम जाजरकोट र रुकुमका दलित जनताहरु र भुकम्प पिडितहरुको घाउमा मलम लगाउन पाउदा खुशी भएको कुरा अध्यक्ष सुजन बराईलीले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि पोखरा सम्मको सुविधा सम्पन्न बस सेवा सुरु गर्दै

वि.सं.२०८१ माघ १ मंगलवार ०८:२४

काठमाडौं, २९ पुस ।  शुभ अधिकारी ट्राभल्सले काठमाडौँ साँखु देखि...

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

“आठौँ म्याग्दी महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला” सुरु

वि.सं.२०८१ पुस २८ आइतवार ०८:३६

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा आजदेखि "आठौँ म्याग्दी महोत्सव एवं...

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

सुप्रसिद्ध गायक तथा सङ्गीतकार गोविन्द मधुर आचार्यको नेतृत्वमा रापती समाज काठमाडौंको नयाँ कार्यसमिति चयन

वि.सं.२०८१ पुस २८ आइतवार ०७:१५

काठमाडौं-रापती समाज काठमाडौंले आफ्नो "१८औं वार्षिक साधारण सभा तथा नवौं...

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

रमेश श्रेष्ठको शब्द, कल्पना पराजुलीको संगीतमा “यो मन बैरागी” सार्वजनिक

वि.सं.२०८१ पुस २८ आइतवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

मोडल सञ्चिता शाहीको यस्तो अवस्था कसरी आयो ? (भिडियो सहित)

वि.सं.२०८१ पुस १९ शुक्रवार ०६:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

बाल कलाकार सचिन परियारको उपचारको क्रममा निधन

वि.सं.२०८१ पुस १८ बिहीवार ०७:४७

काठमाडौँ । बाल कलाकार सचिन परियारको निधन भएको छ ।...