भुमिका रसाइलीद्धारा जाजरकोटका अभिभावक तथा सदस्यहरु गुमाएका ६ बालिकालाई उद्धार गरि काठमाडौं ल्याईयो

काठमाडौं । सल्यानी चेली भुमिका रसाइलीले गत कार्तिक १७ गते जाजरकोटमा गएको भुकम्पमा परि आफ्ना परिवारका अभिभावक तथा सदस्यहरु गुमाएका ६ बालिकालाई उद्धार गरि काठमाडौं ल्याएकी छिन् । परिवर्तनका लागि हामी संस्थाकी संस्थापक अध्यक्ष रहेकी रसाइलीका अनुसार गास बास कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा सहित संस्थाले संरक्षण गर्ने गरि काठमाडौं ल्याईएको हो ।

उद्धार गरिएका बालिकाहरुमा भुकम्पमा परि परिवारका सबै सदस्य गुमाएकी भेरी नगरपालिका १ की रविना विक, सोही वडामा बस्ने, केही महिना पहिले बुवाको मृत्यु भएको र भुकम्पले गर्दा घर विहिन बनेकी सपना वि.क. अनी मामाघरमा बस्दै आएकी र भुकम्पले मामलीहरुलाई पनि घर विहिन बनाईसकेको ब्यक्ति खुशी वि.क. रहेका छन् । खुसी बि.क.को बंश, जन्म घर पनि पत्ता लाग्न नसकेको अनी उनको आमा हालः भारतमा ज्याला मजदुरीको काम गर्ने गरेको र केही बर्ष अगाडी फोक्सोको समस्या कारणले बुवाको निधन भएको खबर प्राप्त भएको कुरा भुमिका रसाईलीले जानकारी दिईन् ।

त्यस्तै भुकम्पमा बुबा र भाई गुमाएका नलगाड नगरपालिका वडा नम्बर ५ भगवती शाही र सविना शाही रहेका छन । त्यस्तै केही वर्ष पहिले बुवा गुमाएकी र भुकम्पले घर विहिन बनेकी नलगाड नगरपालिका वडा नम्बर ६ निरुता वि.क. छन् ।

उनीहरुलाई १२ कक्षा सम्म संस्थागत विद्यालयमा पढाउने, गास बास कपास, स्वास्थ्य तथा शिक्षा, सुरक्षा सहित संस्थाले संरक्षण गर्ने कुरा भुमिका रसाईलीले जानकारी दिएकी छिन् । अहिले यो संस्थाले १६ जना दुर्गम क्षेत्रका बुवा आमा गुमाएका बालिकाहरुलाई संरक्षण गरेर राखेको छ । संस्थाले भुकम्प प्रभावित जाजरकोटका १५३ परिवारलाई खाद्यान्न सहयोग समेत गरेको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...