नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको बैठक बूढानीलकण्ठमा जारी

नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको बैठक जारी छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दोस्रो दिनको बैठक चलिरहेको हो । शुक्रबार मध्यान्ह १२ बजेबाट सुरु भएको बैठकमा केन्द्रिय सदस्यले धारणा राखिरहेको केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बताए ।

बिहीबारको बैठकमा प्रस्तुत अन्तर पार्टी समायोजन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन र निर्वाचन निर्देशिका माथि छलफल भइरहेको छ । महाधिवेशनको नयाँ कार्यतालिका बैठकमा पेस नगरेको भन्दै केन्द्रीय सदस्यले विरोध जनाएका छन् ।

महाधिवेशनको कार्यपालिकामाथि छलफल गर्नुपर्नेमा अनौपचारिक जस्तो ढंगले बैठक सुरु गरेको उनीहरुले विरोध जनाएका हुन् । भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी ल्याइएको महाधिवेशनको कार्यतालिका प्रभावित भइसके पनि नयाँ कार्यतालिका बैठकमा पेस गरिएको छैन । महाधिवेशन सार्ने विषयमा सहमति भएपनि कहिले सार्ने भन्नेमा मतभेद देखिएपछि काँग्रेस केन्द्रीय समितिमा खुल्ला छलफल भइरहेको छ ।

संस्थापन पक्ष भदौमै वडा अधिवेशन गरेर महाधिवेशनका लागि केही समय लिने पक्षमा देखिएको छ। छठपछि महाधिवेशन भए आफ्ना लागि अनुकूल हुने संस्थापन पक्षको बुझाइ छ। भदौमा वडा अधिवेशन गरेर केही समय लिँदै छठपछि महाधिवेशनका लागि जोड दिने संस्थापन पक्षको रणनीति देखिन्छ। वरिष्ठ नेता रामचन्द्र पौडेल भदौमै वडा अधिवेशन गरेर असोजको दोस्रो साता (दसैं) सम्म महाधिवेशन गरिसक्नुपर्ने पक्षमा छन् ।

दसैँ अघि नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने उनेका भनाइ छ । देउवा र पौडेल नयाँ कार्यतालिकाका सन्दर्भमा सहमति नभएपछि केन्द्रीय सदस्यको राय समेटेर कार्यतालिका ल्याउने काँग्रेसको तयारी छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...