राजेन्द्रकुमार कार्कीले पत्रकारमाथि गरेको गालीगलाैज र आक्षेप विरुद्ध राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको गम्भीर ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले संगीतकार तथा गायक राजेन्द्रकुमार कार्कीले पत्रकारमाथि गरेको गालीगलाैज र आक्षेप लगाउँदै बेइज्जत गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका कोषाध्यक्ष समेत रहेका शरणकुमार हुमागाईले सञ्चालन गरेको रेडियो आहा १०४.५ मेगाहर्जमा देउराली नामको कार्यक्रममा बुधबार साँझको अन्तर्वार्तापछि संगीतकार कार्कीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सञ्चारकर्मी हुमागाईमाथि विभिन्न गालीगलाैज र आक्षेप लगाउँदै स्टाटस लखेका थिए ।

कार्कीको सोही गालीगलाैज र आक्षेपको विषयमा बिहीबार लोक सञ्चारकर्मी नेपालले एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । राष्ट्रिय संगीतकर्मी संघका निवर्तमान अध्यक्ष समेत रहेका कार्कीले सञ्चारकर्मी हुमागाईलाई ‘पागल’, ‘ब्वाँसो’, बहिष्कार गरौँलगायत शब्द लेखेका थिए ।

हाल कार्कीको फेसबुकमा उक्त स्टाटस हटाइएको पाइएको छ । तर, स्टाटस हट्नुभन्दा पहिला नै स्क्रीनशट गरिएको थियो भने यतिबेला भाइरल भएको छ । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले कार्कीको उक्त प्रहार हुमागाईमाथि मात्रै केन्द्रित नभएर सम्पूर्ण पत्रकार एवं सञ्चारकर्मी जगतमाथि भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५” को ताज सुष्मा दाहाललाई

“ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५” को ताज सुष्मा दाहाललाई

वि.सं.२०८१ चैत ८ शुक्रवार ११:४१

काठमाडौं। यो वर्षको ब्युटिसियनहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमण्ड ब्युटिसियन...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत बनभोज कार्यक्रम” आयोजना हुने

वि.सं.२०८१ चैत ६ बुधवार १२:५७

काठमाडौं। म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा "कलाकार भेटघाट तथा...

किरण केसी र बिनुसा राईको स्वरमा “केरा खाई बोक्रा फाल्यौ झन्डै लडेको” सार्वजनिक

किरण केसी र बिनुसा राईको स्वरमा “केरा खाई बोक्रा फाल्यौ झन्डै लडेको” सार्वजनिक

वि.सं.२०८१ फागुन २८ बुधवार १३:०९

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो...

शान्ति श्री परियार र बद्री सापकोटाको नयाँ गीत “नगर मायाले मुख छुच्चो” सार्वजनिक

शान्ति श्री परियार र बद्री सापकोटाको नयाँ गीत “नगर मायाले मुख छुच्चो” सार्वजनिक

वि.सं.२०८१ फागुन २७ मंगलवार १३:३१

काठमाडौं । बहुचर्चित गायिका शान्ति श्री परियार र गायक बद्री...

अनिल लामाको चलचित्र “चाँडै फर्कि आउँ” को विशेष प्रदर्शन

अनिल लामाको चलचित्र “चाँडै फर्कि आउँ” को विशेष प्रदर्शन

वि.सं.२०८१ फागुन २६ सोमवार १२:४६

काठमाडौं। समसामयिक कथा वस्तुमा आधारित चलचित्र "चाँडै फर्कि आउँ" को...

कमल भक्त र यमुना रसालको अभिनयमा “पहिलो चरन” सार्वजनिक

कमल भक्त र यमुना रसालको अभिनयमा “पहिलो चरन” सार्वजनिक

वि.सं.२०८१ फागुन २५ आइतवार ०८:५१

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...