काठमाडौं महानगरपालिकाले केही दिन देखि फोहोर व्यवस्थापन गर्न नसक्दा सिंगै शहर दुर्गन्धित

काठमाडौं महानगरपालिकाले केही दिन देखि फोहोर व्यवस्थापन गर्न नसक्दा सिंगै शहर दुर्गन्धित बनेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा छिर्ने गेटकै छेउमा समेत फोहोरको डंगुर थुप्रिएको छ । शहरभरी जताततै फोहोरै फोहोर छ ।

सडकका किनारामा मात्रै नभएर घरभित्रको फोहोर उठाउने सफाइ कर्मचारीहरु आउन छाडेपछि घर–घरमा दुर्गन्ध फैलिएको छ । वर्षायाममा फैलिएको फोहोरको दुर्गन्धले रोग फैलने डर बढेको छ । काठमाडौंका फोहोर फाल्ने बञ्चरेडाँडा डाँडामा बाटो बिग्रिएका कारण केही दिन देखि फोहोर उठाउन नसकिएको महानगरपालिकाको भनाइ छ ।

हाल: सम्म एक मात्र उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोल ल्याण्ड फिल्ड साइडमा वर्षाका कारण बाटो बिग्रिँदा फोहोर व्यवस्थापनमा समस्या आएको काठमाडौं महानगरपालिकाको प्रवक्ता समेत रहेका जनप्रतिनिधि इश्वरमान डंगोलले जानकारी दिए ।

‘वर्षात् कारण ल्याण्ड फिल्ड जान समस्या। सिसडोल ल्याण्ड फिल्डको माथिल्लो भागमा उकालो बाटो त्यो पनि कच्ची छ’, उनले भने, ‘पानी परेपछि त जानसक्ने अवस्थै रहँदैन । तर पनि जेनतेन फोहोरका गाडीहरु गइरहेका छन् ।’

प्रवक्ता डंगोलले कठिनाइका बीच पनि दैनिक एक सय हाराहारीमा फोहोरका कन्टेनरहरु सिसडोल भइरहेको दावी गरे ।

‘सिसडोलको विकल्प चाँडो चाहियो’

हालसम्म काठमाडौंको फोहोर व्यवस्थापनमा सिसडोलले मात्र धानिरहेको अवस्था भएपनि अब धान्न नसक्ने भन्दै महानगरले सिसडोलको विकल्प चाँडो दिन सरकारलाई आग्रह गरेको छ । अहिलेको सिसडोल ल्याण्ड फिल्ड साइड करिब करिब फुल भइसकेको अवस्थमा तत्काल अर्को ल्याण्ड फिल्ड तयार गर्नुपर्ने महानगरले सरकारसँग माग गरेको छ । यसका लागि चाँडो भन्दा चाँडो बन्चरेडाँडा हस्तान्तरण गर्न समेत महानगरले सरकारसँग माग गरेको छ ।

नुवाकोट र धादिङ जिल्लाको संगम क्षेत्र बन्चरेडाँडामा निर्माणधिन ल्याण्ड फिल्ड साइड अन्तिम चरणमा रहेको र त्यसलाई छिटोभन्दा छिटो सम्पन्न गरी फोहोर व्यवस्थापनको प्रयोगमा ल्याउन महानगरले सरकारसँग माग गरेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

वि.सं.२०८२ जेठ २६ सोमवार १२:४३

ओसाका, जापानमा रहनुहुने कर्णाली प्रदेशका सम्पुर्ण नेपालीहरू बीच आपसी एकता,...

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

वि.सं.२०८२ जेठ २५ आइतवार ११:५३

काठमाडौं । "१२औं म्यूजिक खबर म्यूजिक अवार्ड - २०८१" भव्य...

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

वि.सं.२०८२ जेठ २४ शनिवार ०४:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

वि.सं.२०८२ जेठ २२ बिहीवार ०७:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:३८

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन...

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

वि.सं.२०८२ जेठ १९ सोमवार १४:२६

काठमाडौँ । पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै...