म्याग्देली नव प्रतिभा दिनेश परियारको पहिलो गीत “अन्तरजातिय जिवन साथी” सार्वजनिक

वि.सं.२०८१ असोज २३ बुधवार ०८:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन् भने कोही कसैका गीतहरु आउनेक्रम जारी छन्।
सोही क्रममा म्याग्देली नव प्रतिभा दिनेश परियारको पहिलो गीत “अन्तरजातिय जिवन साथी” सार्वजनिक भएको छ। यस गीतमा म्याग्देली नव प्रतिभा दिनेश परियारको स्वर रहेको छ भने डा. भबिन्द्र कुँवरको शब्द, संगीत र एरेञ्ज रहेको छ।
यस गीत्को भिडियोमा ठाकुर सुबेदी (बिश्वास) को निर्देशन रहेको छ भने कृष्ण महराको छायांकन, हुरीको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा सुदिप जोशी (संयोग), आरती विष्ट, देवदास परियार, सबिर कार्की, जयन्ती अयर, कृष्ण महरा, सुजन के.सी. आदीको अभिनय रहेको छ।
यस गीतलाई सुबेदी अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला।

वि.सं.२०८१ असोज २३ बुधवार ०८:०९