पाल्पाका बिक्रम घिमिरे शिक्षण पेशासँगै गायनमा पनि जोडिए

काठमाडौं । पाल्पाका बिक्रम घिमिरे शिक्षण पेशासँगै गायनमा पनि जोडिएका छन् । सानैदेखि कलाकारिताको सपना बुन्दै अध्ययनमा सक्रिय घिमिरे पछिल्लो समय आफ्नै शब्द, संगीत र आवाजमा ‘मनकी माया’ नाम गरेको गीत ल्याएर गायनमा जोडिएका हुन् ।

नवगायक बिक्रमको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा संगीत संयोजन सबिर कार्कीले गरेका छन् । त्यसैगरी गायक बिक्रम आफैँ भिडियोमा फिचर्ड भएका छन् ।

पाल्पाको रामपुर नगरपालिका– ९ मा जन्मिएका घिमिरेले आफू सानैदेखि गायनको धोको पूरा गर्ने उदेश्यले पछिल्लो समय शिक्षण पेशासँगै यस पहिलो गीत ‘मनकी माया’मार्फत कलाकारितामा जोडिएको बताए ।

आफ्नै गाउँमा रहेको श्री भानुभक्त माविमा लामो समयदेखि शिक्षण पेशामा आवद्ध छन् । पहिल्यैबाट गीत गुनगुनाउँदै आए पनि शिक्षणसँगै विविध कारणले गायनमा जोडिन ढिला भएको बिक्रमले सुनाए । यस वर्षको विद्यालयको हिउँदे बिदामा समय निकालेर संघीय राजधानी काठमाडौं आएपछि यो पहिलो गीत बजारमा ल्याएको उनले बताए ।

‘सोच्ने बित्तिकै कुनै पनि योजना सफल नहुँदो रहेछ’, बिक्रमले भने, ‘एक त शिक्षण पेशा अर्को विषय म नयाँ मान्छे, यही विभिन्न कारणले ढिला भएको थियो तर यस पटक भने आँट गरेर नै गायनमा आउन भ्याएँ ।’

विद्यालयमा अन्य सहकर्मी शिक्षकहरू र विद्यार्थीहरुबाट पनि आफ्नो गीत सुनेर आगामी दिनमा शिक्षणलाई पनि प्रथामिकता दिएर गायनमा लाग्न साथ र हौसला मिलेको उनले बताए । आफ्नो नयाँ युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरे पनि बिस्तारै भ्युज बढ्दै गएको घिमिरेको भनाई छ ।

यस्तो बिक्रम घिमिरेको पहिलो गीतको भिडियो

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...