आदम हुसेनको नेतृत्वमा सुस्ता बचाउ अभियानले नेपाल सरकार विरुद्ध सर्बोच्च अदालतमा रिट दायर गर्ने तयारी

रामु जि.सी.कमल, सुस्ता (नवलपरासी) ।

सुस्ता बचाउ अभियानले नेपाल सरकार विरुद्ध सर्बोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेको छ। यसको नेतृत्व अभियानका कार्यवाहक अध्यक्ष आदम हुसेनले गरिरहेका छन्। अभियानले सुस्ता क्षेत्रमा गुमेको ४०,८९० रेक्टर जमीनको रक्षा गर्न तथा स्थानीय बासिन्दाको नागरिकता र लालपुर्जाको मागलाई केन्द्रित गरी कानूनी लडाई लड्ने निर्णय गरेको छ।  

 

सुस्ता बचाउ अभियानका संस्थापक तथा अध्यक्ष स्व. गोपालप्रसाद गुरुङ्ग र अभियानकै क्रममा दिवंगत भएका स्व. रमानन्द हरिजन (चमार) को दोस्रो श्रद्धाञ्जली सभा माघ १० गते सुस्तामा सम्पन्न भएको थियो। यस कार्यक्रममा माक्स्रीय गुरुकुल, प्रकृति मानव केन्द्रित जन अभियान, निर्मल लामा स्मृती प्रतिष्ठान, पुष्पलाल स्मृती प्रतिष्ठान, सिमा तथा जल सरोकार समाज नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।  

 

कार्यक्रमको अध्यक्षता सुस्ता बचाउ अभियानका कार्यवाहक अध्यक्ष आदम हुसेनले गरेका थिए। उक्त सभामा स्व. गुरुङ्ग र चमारको आकृतिमा फूलमाला र अबिर लगाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै, स्व. गुरुङ्गका छोरीहरु पसन्द गुरुङ्ग, सोनिया गुरुङ्ग, इन्द्रमाया गुरुङ्ग, सुशिला गुरुङ्ग, दिलकुमारी गुरुङ्ग र सम्झना गुरुङ्गलाई सम्मानित गरिएको थियो।  

 

कार्यक्रममा उपस्थित माक्स्रीय गुरुकुलका केन्द्रीय सदस्य तथा लेखक सरद पौडेलले सरकारले जोगाउन नसकेको सुस्ता भुमीको रक्षाको लागि स्थानीय बासिन्दाको संघर्षलाई सलामी दिए। उनले सुस्ता बासीहरुको संघर्षलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान आह्वान गरे।  

 

प्रकृति मानव केन्द्रित जन अभियानका केन्द्रीय अध्यक्ष बिन्दुराज सापकोटाले सुस्ता बचाउ अभियानलाई सफल बनाउन स्थानीय जनतालाई अझै मजबूत रूपमा संगठित गर्नुपर्ने आवश्यकता रहेको बताए।  

निर्मल लामा स्मृति प्रतिष्ठानका केन्द्रीय सदस्य पेसल खतिवडाले सुस्ता बासीहरुको देशभक्ति र राष्ट्रप्रेमलाई प्रशंसा गर्दै यस क्षेत्रको समस्यालाई राष्ट्रिय स्तरमा उठाउन आग्रह गरे।   

 

सुस्ता बचाउ अभियानका कार्यवाहक अध्यक्ष आदम हुसेनले सुस्ता क्षेत्रमा गुमेको जमीन र स्थानीय बासिन्दाको नागरिकता सम्बन्धी समस्याको समाधानका लागि सरकार विरुद्ध सर्बोच्च अदालतमा रिट दायर गर्ने घोषणा गरे। उनले सुस्ता बासीहरुको हक र अधिकारको लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धता जाहेर गरे।  

 

कार्यक्रमको समापनमा सुस्ता बचाउ अभियानका कार्यवाहक अध्यक्ष आदम हुसेनले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै सुस्ता बासीहरुको संघर्षलाई अझै बलियो बनाउन आह्वान गरे। उक्त कार्यक्रमको सञ्चालन मिटर ब्याज पीडित मजदुर किसान संघर्ष समितिका नवलपुर जिल्ला संयोजक हेमराज दाहालले गरेका थिए भने पत्रकार रामु जि.सी. कमलले कार्यक्रम सहजिकरण गरेका थिए।  

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...