“आठौं मनास्लु राष्ट्रिय अवार्ड – २०८१” मा बरिष्ठ गायक बम बहादुर कार्की र बरिष्ठ गायिका चन्द्रकला शाह देखी हरेक क्षेत्रका ब्यक्तिहरु “एक बिधा एक स्टार” द्धारा सम्मानित

काठमाकौ । मनास्लु मिडिया प्रा.लि.द्धारा सञ्चालित “हरपल खबरको रफ्तार” मनास्लु पोष्टकोे आठौं बर्ष पुरा गरेको अवसर पारेर बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याएका व्यक्ति एवं संस्थालाई सेवाको कदर स्वरुप “एक विधा एक स्टार” “आठौं मनास्लु राष्ट्रिय अवार्ड – २०८१” राष्ट्रिय नाचघर जमलमा यहि माघ १९ गते शनिवार सम्पन्न भएको छ ।

 

मन बहादुर पुनको अध्यक्षता रहेको यस कार्यक्रममा उपसभामुख माननिय इन्दिरा राना मगरको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी चुमनुव्री गाँउपालिका गोरखाका अध्यक्ष तथा मनास्लु पोष्टका सल्लाहकार निमा लामा, सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुन मगर, समाजसेवी / ब्यबसायी कृष्ण बहादुर थापा मगर, नेपाल मगर संघ, केन्द्रीय समितिका, सह अध्यक्ष गंगा खासु मगर, बरिष्ठ अधिवक्ता गौ बहादुर आले मगर, नेपाल मगर संघ, केन्द्रीय समितिका, सहअध्यक्ष गंगा बहादुर थापा मगरको बिशिष्ट आतिथ्यता रहेको थियो। सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी एबम् गायक राज कुमार रायमाझीले गरेका थिए।

 

“एक विधा एक स्टार” आठौ मनास्लु राष्ट्रिय अवार्ड – २०८१ मा विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई अर्वाडद्धारा सम्मान गरिनुका साथै सम्मानित व्यक्तित्वहरुको जिवनी “एक तारा भाग – ८” पनि प्रकाशित गरिएको थियो।

 

“मनास्लु इन्टरनेशनल आईकन अवार्ड – २०८१” बाट “मनास्लु अन्तराष्ट्रिय आईकन अवार्ड – २०८१” तर्फ चन्द्रकला शाह बरिष्ठ गायिका, बम बहादुर कार्की बरिष्ठ गायक, दुर्गा डंगोल बरिष्ठ बाध्यबादक, कला रेश्मी महतो सर्वोकृष्ट गायिका, लक्ष्मण पोखरेल सर्वोकृष्ट संगीतकार, रचनाकार, बिबेस बुढा मगर सर्वोकृष्ट फिल्म निर्देशक, प्रमिला वस्ती मनोचिकित्साविद तथा रचनाकार, अशोक कुमार सिंह सर्वोकृष्ट पत्रकारिता, नारायण रेग्मी समाजसेवी तथा गीतकार, बलराम सुवेदी समाजसेवी, रञ्जना न्यौपाने शिक्षासेवी तथा गीतकार, शंकर रानाभाट संस्कृतविद आदी सम्मानित भएका छन ।

 

“आठौ मनास्लु राष्ट्रिय अवार्ड – २०८१” बाट नीमा तामाङ सर्बोकृष्ट बहुप्रतिभावान गायिका, सपना सुनाम सर्बोकृष्ट प्रतिभावान गायिका, संगीता गुरुङ सर्बोकृष्ट मौलिक गायिका, प्रकाश बराइली “अभिबयक्ती” सर्बोकृष्ट पत्रकार / भिडियो निर्देशक, बिमल शाह सोनार सर्बोकृष्ट हार्मोनियम मास्टर, रमेश केसी सर्बोकृष्ट गायक, सिता परियार सर्बोकृष्ट गायिका , रोशन क्षेत्री सर्बोकृष्ट रचनाकार, सन्तोस गुरुङ सर्बोकृष्ट गीतकार, समित परियार सर्वोकृष्ट एरेन्जर / ध्वनी सम्पादक, दिपेन्द्र प्रकाश केसी सर्वोकृष्ट म्यूजिक भिडियो निर्देशकबाट सम्मानित भएका छन ।

 

कार्यक्रममा पलपल आयुर्वेद प्रा.लि. का अध्यक्ष छोईकु लामा, फ्यूचर बिलोन्ङ्सका अध्यक्ष पुष्पा सुवेदी क्षेत्री, भकारी बिजनेश हाउसका प्रमुख कार्यकारी अधिकृत धन बहादुर कार्की, सञ्चारकर्मी उषा कँडेल भुषाल, रे टेलिभिजन समाचार प्रमुख तथा गोरखापत्र दैनिक पत्रकार श्याम राना मगर, सञ्चारकर्मी राजु बोहरा, थालीनाच नृत्याङगना एलिजिवा पुर्जा पुन, समाजसेवी होमराज खपाङगी मगर, पर्यटन गाइड वाङचु शेर्पा, बाबा कौशिका हाउस संस्थापक भानुभक्त ढु.गाना, ओ.टि.एस. नेपाल अध्यक्ष पृथ्वी नारायण अधिकारी, समाजसेवी जगत रेश्मी मगर, समाजसेवी नरेश छहरी मगर, समाजसेवी कुशल आले मगर र समाजसेवी अम्बिका देवीलाई बिशेष सम्मान गरिएको थियो ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...