पर्वत कलाकार समाज नेपालको अध्यक्षमा कृष्ण समिप सुबेदी र महासचिवमा सुजन बराईली निर्बिरोध रुपमा निर्वाचित, कुन पदमा को को निर्वाचित भए त?

काठमाडौं। पर्वत जिल्लामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउदै आएका कलाकारहरुको छाता संगठन पर्वत कलाकार समाज नेपालको तेस्रो चुनावी साधारणसभाबाट गायक कृष्ण समिप सुवेदीको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ। आइतबार काठमाडौंमा सम्पन्न अधिवेशनले सुवेदीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो।

 

सो समितिको वरिष्ठ उपाध्यक्षमा कुमार केसी, उपाध्यक्षमा प्रल्हाद सुवेदी, महासचिवमा सुजन बराईली, सचिवमा सुष्मा लोहनी, कोषाध्यक्षमा सुरज श्रेष्ठ र सह(कोषाध्यक्षमा कल्पना काफ्ले चयन भएका छन् भने सदस्यहरूमा दीपक गुरुङ, दीपिका पौडेल, रमेश सेञ्चुरी, यमुना रसाल, अमृत चापागाईं, भिमबहादुर पौडेल र अशोक पौडेल निर्विरोध रुपमा चयन भएका छन्।

 

नवनिर्वाचित अध्यक्ष सुवेदीले अग्रजले नेतृत्व गर्दाका बाँकी काम पुरा गर्ने आफ्नो पहिलो प्राथमिकता हुनुका साथै कला क्षेत्रमा उदाउँदो पुस्तालाई उर्जा, उत्साह र हौसलापूर्वक समेट्दै कला क्षेत्रको प्रवर्धनमा लाग्नु संस्थाको उद्देश्य रहने बताए।

 

संस्थापक अध्यक्ष बरिष्ठ गीतकार एबंं संगीतकार कस्तुप पन्तले हिजोको दिनमा संस्थाले अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन दिँदै आएको कुरा जानकारी गराउदै आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिनुका साथै पर्वतको कुना काप्चाबाट गीत संगीतमा लगाव राख्ने हरेक प्रतिभालाई खोजी गरि सांगीतिक क्षेत्रमा स्थान दिन र प्रोत्साहन गर्न नयाँ कार्यसमितीलाई अनुरोध गरेका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

वि.सं.२०८३ असोज २० मंगलवार ११:१४

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार रुपमा स्थापित...

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

वि.सं.२०८३ असोज २० मंगलवार ०८:३०

काठमाडौं। कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय...

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १३:०३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर...

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

वि.सं.२०८३ असोज १८ आइतवार १२:५५

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत...

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १२:४८

काठमाडौं। बहुप्रतिभा धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

वि.सं.२०८३ असोज १८ आइतवार ०९:५२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपरासी (बर्दघाट सुस्ता...