पर्वत कलाकार समाज नेपालको अध्यक्षमा कृष्ण समिप सुबेदी र महासचिवमा सुजन बराईली निर्बिरोध रुपमा निर्वाचित, कुन पदमा को को निर्वाचित भए त?

काठमाडौं। पर्वत जिल्लामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउदै आएका कलाकारहरुको छाता संगठन पर्वत कलाकार समाज नेपालको तेस्रो चुनावी साधारणसभाबाट गायक कृष्ण समिप सुवेदीको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ। आइतबार काठमाडौंमा सम्पन्न अधिवेशनले सुवेदीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो।

सो समितिको वरिष्ठ उपाध्यक्षमा कुमार केसी, उपाध्यक्षमा प्रल्हाद सुवेदी, महासचिवमा सुजन बराईली, सचिवमा सुष्मा लोहनी, कोषाध्यक्षमा सुरज श्रेष्ठ र सह(कोषाध्यक्षमा कल्पना काफ्ले चयन भएका छन् भने सदस्यहरूमा दीपक गुरुङ, दीपिका पौडेल, रमेश सेञ्चुरी, यमुना रसाल, अमृत चापागाईं, भिमबहादुर पौडेल र अशोक पौडेल निर्विरोध रुपमा चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष सुवेदीले अग्रजले नेतृत्व गर्दाका बाँकी काम पुरा गर्ने आफ्नो पहिलो प्राथमिकता हुनुका साथै कला क्षेत्रमा उदाउँदो पुस्तालाई उर्जा, उत्साह र हौसलापूर्वक समेट्दै कला क्षेत्रको प्रवर्धनमा लाग्नु संस्थाको उद्देश्य रहने बताए।

संस्थापक अध्यक्ष बरिष्ठ गीतकार एबंं संगीतकार कस्तुप पन्तले हिजोको दिनमा संस्थाले अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन दिँदै आएको कुरा जानकारी गराउदै आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिनुका साथै पर्वतको कुना काप्चाबाट गीत संगीतमा लगाव राख्ने हरेक प्रतिभालाई खोजी गरि सांगीतिक क्षेत्रमा स्थान दिन र प्रोत्साहन गर्न नयाँ कार्यसमितीलाई अनुरोध गरेका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रौतहटकी सान प्रतिभाशाली गायिका वर्षा दास

रौतहटकी सान प्रतिभाशाली गायिका वर्षा दास

वि.सं.२०८२ माघ १ बिहीवार ०५:४१

गायिका वर्षा दास यतिबेला चीनको ल्हासामा छिन् । ल्हासा स्थित...

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

म्याग्देली गायक राजन भुजेल बिश्वकर्माको नयाँ मौलिक गीत “दुई खोली दोभान” सार्वजनिक

वि.सं.२०८२ पुस ३० बुधवार ०५:४३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

“म्युजिक भिडियो कलाकार संघ नेपाल” को आठौं साधारण सभा तथा चौथो अधिबेशन माघ २४ गते सम्पन्न हुने

वि.सं.२०८२ पुस २९ मंगलवार १३:०३

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन “म्युजिक भिडियो कलाकार संघ नेपाल”...

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत  “आकाशैमा तारा र जुन छन्” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ पुस २८ सोमवार १३:१८

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२” सम्पन्न

वि.सं.२०८२ पुस २३ बुधवार १२:३५

ललितपुर । "पाँचौं ललितपुर खुला तेक्वान्दो पुम्से प्रतियोगिता-  २०८२"  मंसिर...