पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

काठमाडौँ । पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाट देखि पचुवारघाट सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा पर्न थालेको छ। ।

 

रिभर ट्यूबिङ्गबारे अहिले धेरैको चासोको विषय बनेको छ । यो सेवामा सहभागी पर्यटकहरूलाई ठूला र बलिया रबर ट्यूबमा बसेर नदीको प्राकृतिक बहावसँगै रमाइलो गर्ने अवसर मिल्ने छ।

 

नदीको छालसँग खेल्दै बग्ने यो यात्राले साहसिक अनुभूति मात्र होइन शारीरिक र मानसिक ताजगी पनि प्रदान गर्छ । विशेष गरी गर्मीयाममा चिसो पानीमा रमाउने चाहना भएका पर्यटकहरूका लागि यो सेवा उत्कृष्ट विकल्प हुन सक्छ । सुरुवती दिनमा नै ४८ जनाले रिभर ट्युबिङ सेवा लिएका थिए।

 

माझी किङ एबं गायक यमन माझी रिभर ट्युबिङ नेपालका फाउण्डर हुन्। उनका अनुसार यो परियोजना नेपालमा साहसिक पर्यटनलाई अझ विस्तार गर्ने लक्ष्यका साथ सुरु गरिएको हो । उनले भने, “नेपालमा पहाडी गन्तव्यहरू र ट्रेकिङ्गका थुप्रै विकल्पहरू भए पनि नदीमा रमाउने सुविधाहरू सीमित छन् । हामीले त्यसलाई नयाँ दिशा दिन खोजेका हौं।” रिभर ट्यूबिङ्ग प्याकेजमा सहभागी हुनेहरूका लागि खानपान र यातायातको व्यवस्थासमेत समेटिएको छ ।

 

दोलालघाटमा सुरु हुने यो यात्रामा स्थानीय परिकारहरू पनि स्वाद लिन सकिनेछ । पर्यटकहरूको सुविधाका लागि अनुभवी प्रोहरु P.R.O. (Playful Ride Organizer), सुरक्षा उपकरण र मेडिकल टिकटको व्यवस्था समेत गरिएको जनाइएको छ ।

 

यसका साथै उद्घाटनको अवसरमा पहिलो महिनाभरि आउने पर्यटकहरूलाई विशेष छुटको व्यवस्था गरिएको छ । यो सेवाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यमन माझीको यो नयाँ प्रयासले नेपाली पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ ।

 

भविष्यमा देशका अन्य नदीहरूमा पनि यस्तो सेवा विस्तार गर्ने योजना रहेको उनले जानकारी गराएका छन् । उनले बूकिङ र विस्त्रित जानकारीको लागि 970-7862151 मा सम्पर्क गर्न सकिने जनाएको छ । साथै www.rivertubingnepal.com मा गएर पनि पुरा जानकारी लिन सक्नुहुनेछ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...