अमृत रामदामको नयाँ गीत “के कुरा गर्नु र आफ्नै पिरको” सार्वजनिक
वि.सं.२०८२ असार १३ शुक्रवार ०३:५३
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा अमृत रामदामको नयाँ गीत “के कुरा गर्नु र आफ्नै पिरको” सार्वजनिक भएको छ।
यस गीतमा अमृत रामदामको स्वर रहेको छ भने राज कुमार बगरको शब्द, कमल सौरागको संगीत तथा एरेञ्ज रहेको छ। गीतको भिडियोमा बिमल अधिकारीको निर्देशन, राजेश घिमिरेको छायांकन, दिपक बिष्टको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा बिमल अधिकारी, सारिका केसी, रेशु गुरुङ, अनमोल भण्डारी, काजी सुन्दास, राज बानिया आदीको अभिनय रहेको छ। यस गीतलाई अमृत रामदामको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ असार १३ शुक्रवार ०३:५३















