नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव तस्करीको घटना बढ्दै गएको छ । विशेषगरी युवतीहरूलाई आकर्षक कामको प्रस्तावमा विदेश वा अन्य सहर पठाउने बहानामा एजेन्टहरुको समूहले नक्कली होटल बुकिङ देखाई उनीहरूलाई फसाउने क्रम तीव्र बनेको छ । अवैध तवरले खाडी मुलुक पठाउने र तिनको श्रम शोषण गराउने मानवतस्करीको प्रवृत्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः मौलाउन थालेको छ । विगत केही समय सुरक्षामा कडाइ गरिए पनि पछिल्लो समय अध्यागमन कर्मचारी र बिचौलियाहरू बीचको साँठगाँठ झन् बलियो बनेको प्रमाण भेटिएको छ ।

सुरक्षा निकाय र अनुसन्धानले भिजिट भिसाको नाममा भइरहेका आपराधिक गतिविधिविरुद्ध पटक–पटक अनुसन्धान गरे पनि कारबाहीका नाममा भएको कसरत अस्थायी र फितलो सावित भएको छ । भिजिट भिसामा विशेषगरी यूएई हुँदै कुवेत जान लागेका महिला र पुरुषहरूलाई अध्यागमन कार्यालयका कर्मचारीले अवैध रूपमा अनुमति दिँदै आएको तथ्य फेला परेको छ ।

पछिल्लो ६ महिनामा मात्र दर्जनौं युवतीलाई ‘रिसोर्टमा काम छ’ भनेर विभिन्न अनलाइन माध्यमबाट सम्पर्क गरि तस्करी गर्ने प्रयास भएको खुलासा भएको छ। तीमध्ये केही घटनामा युवतीहरूलाई होटलको झूटा बुकिङ देखाई ट्राभल एजेन्सीले नक्कली होटल बुकिङ्ग बनाएर खाडि मुलुकमा पठाउने गरेका छन । यस्तो गिरोहले सामान्यतः फेसबुक, इन्स्टाग्राम, वा टिकटोक जस्ता सामाजिक सञ्जालमा होटल तथा रिसोर्टका नाममा कामको विज्ञापन पोस्ट गर्छन्। इच्छुकले सम्पर्क गरेपछि, उनीहरूलाई नक्कली ‘कन्फर्म बुकिङ’ कागजातसहित सम्बन्धित स्थानमा आउन भनिन्छ। तर, त्यो बुकिङ वास्तविक नभइ फर्जी हुने गर्छ।

गिरोहहरू विशेषगरी ग्रामीण भेगका शिक्षित तर बेरोजगार युवतीलाई लक्षित गर्छन । सरकारले प्रवासी कामदारको व्यवस्थापन गर्न विभिन्न प्रयास गरे तापनि भित्री तवरमा हुने यस्तो तस्करी नियन्त्रण गर्न सकस भएको स्रोतले बतायो । सामाजिक अभियन्ताहरूले सरकारले होटल तथा यात्रा बुकिङ प्लेटफर्महरूमा अनिवार्य प्रमाणिकरण प्रणाली लागू गर्नु पर्ने बताउँदै आएका छन्। साथै, नागरिकहरूलाई अनलाइन माध्यमबाट आएको कुनै पनि अफर स्वीकार गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ ।

अर्चाना विश्वकर्मा नाम गरेकी रुपन्देहीकी २१ वर्षिय एक युवतीलाई भिजिट भिषाको बाहनामा नक्कली होटल बुकिङ्ग र फिर्ता टिकट बनाएर उनलाई भिजिट भिषाको आवरणमा तेस्रो मुलुक पठाएको तथ्य फेला परेको छ । उनी मात्र हैन । प्राय ११ , १२ पठने युवा युवती लाई आकर्षक तलवको प्रलोभनमा उनीहरुलाई खाडि मुलुकमा पठाउनको लागी गिरोह लागी परेको छ । गत आइतवार मात्र ठुलो सङख्यामा ठुटो विवरण बनाएर एजेन्ट खाडिमा युवा युवती पठाएको बुझिएको छ । प्रहरी तथा सरोकारवाला निकायले अनलाइन बुकिङ तथा कामको प्रस्ताव आएको खण्डमा नजिकको प्रहरी कार्यालय वा श्रम विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन्।तर त्यसलाई आम रुपमा सचेत भएर युवा युवती नलाग्दा तस्करीको रुप अझ विकराल बन्ने गरेको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...