सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

लन्डन । सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न भएको छ । शनिबार लन्डनस्थित पोष्ट अफिस क्लव ह्यारोमा कार्यक्रम भएको हो । सोंपाल समाज यूकेले वार्षिक रूपमा गर्ने दुई ठूला कार्यक्रममध्ये ल्होछार तथा समर बीबीक्यू हुन् ।

ज्येष्ठ नागरिक श्रीमति विष्णु कुमारी गुरुङको प्रमुख आतिथ्य तथा समाजका अध्यक्ष जगदीश गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आउटडोर खेलकुद गतिविधिसंगै प्रेक्षालयमा मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति, युवाहरुको प्रतिभा प्रदर्शन, अतिथी कलाकारहरुलाई सम्मान तथा राफल ड्र गरियो ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु कृष्ण रेउले र पवित्रा गुरुङले उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन गराए । उक्त कार्यक्रममा कृष्ण रेउलेद्वारा रचना एवं संगीत भरिएको “स्याङ्जा जिल्ला सोंपालैमा…” बोलको गीतको अडियो समाजका संस्थापक अध्यक्ष विजय गुरुङ, एनआरएनए यूके प्रमुख संरक्षक डेभिड गुरुङ, महिला अध्यक्ष मनदेवी गुरुङ, एनआरएनए आइसीसी सदस्य श्री गुरुङ र विजय गुरुङले विमोचन गरे । उक्त गीतमा गायक कृष्ण रेउले र मनमाया वाइबाको स्वर छ ।

गायक रेउलेले अग्रज समाजसेवी डेभिड गुरुङले समाजसंग जोडिने मौका प्रदान गरेको भन्दै धन्यवाद दिए । कार्यक्रममा स्वास्थ्य सुरक्षा सम्बन्धी जानकारी चन्द्र बहादुर गुरुङले दिएका थिए । स्पोर्टस् सेक्रेटरी भीमबहादुर गुरुङको संयोजनमा विभिन्न मनोरञ्जनात्मक खेल आयोजना गरिएका थिए ।

समाजका अध्यक्ष जगदीश गुरुङले सहयोगी एवं उपस्थिति सबैप्रति आभार व्यक्त गरेका छन् । उनले कार्यक्रमको उद्देश्य आपसी सम्बन्ध सुदृढ गर्दै समाजको गतिविधि एवं कला संस्कृति, परम्परा, रितिरिवाज युवा पुस्तामा हस्तान्तरण गर्दै जानु रहेको पनि बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

वि.सं.२०८३ साउन १० आइतवार १२:३९

मेलबर्न (अष्ट्रेलिया) — अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली मूलका...

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...