“चट्ट माया” गीत बिमोचन कार्यक्रम सहित सार्वजनिक

काठमाडौं । भावना ईन्टरटेनमेन्टको प्रस्तुती रहेको नयाँ गीत “चट्ट माया” सार्वजनिक भएको छ । लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा र गायिका समिक्षा अधिकारीको स्वर रहेको गीत शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो ।

रोजगारीको शिलशिलामा अष्ट्रेलियामा रहेका भावना पराजुली (बस्ताकोटी) र कल्पना लम्सालले शब्द लेखेको उक्त गीतमा अष्ट्रेलिया मै रहेका गोविन्द भण्डारीले संगीत भरेका हुन् । गीतको विमोचन कार्यक्रममा निर्देशक प्रेम थापाको सभापतित्व रहेको थियो भने चर्चित संगीतकार एबं धुन सम्राट बिबि अनुरागीको प्रमुख आतिथ्यता रहेको थियो ।

गीतको विमोचन गर्दै गीतकार अनुरागीले “चट्ट माया” को शब्द र भिडियो पनि उत्कृष्ट रहेको कुरा अतिथीहरुले प्रतिक्रिया दिए । कार्यक्रमको सञ्चालन चर्चित सञ्चारकर्मी चन्द्रमणी गौतमले गरेका थिए भने मिडिया संयोजकको रुपमा प्रकाश बराईली “अभिब्यक्ति” रहेका थिए ।

त्यसैगरी कार्यक्रममा सहभागी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपमहासचिव शिव हमालले उक्त गीतको प्रशंसा गर्दै पछिल्लो समय केही कलाकार आफ्नो गीतले कसरी डलर झार्न सक्छ भन्दै नेपाली मौलिक लोक संस्कृतिलाई धमिल्याएको कुरा ब्यक्त गरेका थिए ।

गायक कुलेन्द्र विश्वकर्माले विदेशी भूमिबाटै गीत सिर्जना गरेर आफूलाई गीत गाउन अवसर दिएकोमा रचनाकारलाई धन्यवाद दिएका थिए । उक्त गीतका संगीतकार गोविन्द भण्डारीले आफूहरु विदेशमा रहे पनि नेपाली पहिचान र गीत संगीतलाई निरन्तरता दिने तर्फ लागेको बताए ।

साथै, उनले यसभन्दा अगाडि पनि केही गीत बजारमा ल्याइसकेको जानकारी दिए । प्रिज्म स्टुडियोमा गरिएको उक्त गीतमा कृष्ण बिकले संगीत संयोजन गरेका हुन् । त्यस्तै भिडियोमा गायक कुलेन्द्र विश्वकर्मा र मोडल रञ्जिता गुरुङले अभिनय गरेका छन् ।

प्रेम थापाले निर्देशन गरेको भिडियोलाई करण चैशिरको छायांकन गरेका हुन् भने नविन घर्तीमगरले सम्पादन गरेका हुन् । भावना इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ ।

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...