विद्यार्थीहरूलाई शैक्षिक परामर्श, भिसा प्रक्रिया र स्किल माइग्रेसन लगायतका सेवा प्रदान गर्दै सक्सेस एजुकेशन

काठमाडौं। विदेश अध्ययनको क्षेत्रमा क्रियाशील सक्सेस एजुकेशन काठमाडौंले गत शुक्रबार एक विशेष समारोहका बीच आफ्नो सेवा केन्द्रलाई पुतलीसडक, प्रदर्शनी मार्गस्थित नयाँ भवनमा स्थानान्तरण गरेको छ।

 

उक्त उद्घाटन समारोहको सुरुवात अमिर थापाको हातबाट रिबन काटेर गरिएको थियो। अबदेखि संस्थाले यही स्थानबाट औपचारिक सेवा प्रवाह गर्नेछ। स्थानान्तरण समारोहमा नेपाली कांग्रेस जनसम्पर्क प्रमुख किरण पौडेल, राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत, कांग्रेस नेताहरू अन्जान लामा र सरोज कुमार थापा, जनसम्पर्क केन्द्रिय सदस्य इन्द्र कमल बुढाथोकी, डा. जगनाथ काफ्ले लगायत राजनीतिक, शैक्षिक तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

 

विगत १९ वर्ष देखि अष्ट्रेलियामा रहेका आदर्श जंग पाण्डेले कार्यक्रममा स्वागत मन्तव्य राख्दै भने- अष्ट्रेलियामा कोही पढ्न जाने सोचिरहनु भएको छ भने पढ्न मात्रै नभइ स्किल माइग्रेसन भए सिधै पिआर पाइन्छ । साथै उनले एकपटक सेवा दिएर आफैलै अनुभव लिन पनि आग्रह गरेका छन् । त्यसैगरि सक्सेस एजुकेशन काठमाडौँका एमडी विजयराज रिजालले बैदेशिक शिक्षामा जाने इच्छुक विद्यार्थीहरुलागि अझ सेवा मिल्योस् भन्ने हेतुले पुतलीसडकबाट सेवा विस्तार गर्न लागेको बताए ।

 

साथै विगत ४ बर्षदेखि निरन्तर बैदेशिक शिक्षामा जाने इच्छुक विद्यार्थीहरुलागि हरेक क्षेत्रबाट सहयोग गर्दै आएर गर्दै जाने दृढ संकल्प गरेका छन् । सक्सेस एजुकेशनले अष्ट्रेलिया लगायत विभिन्न देशमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई शैक्षिक परामर्श, भिसा प्रक्रिया, स्किल माइग्रेसन लगायतका सेवा प्रदान गर्दै आएको छ।

 

संस्थाले विगत ८ वर्षदेखि विश्वसनीय र समर्पित सेवा प्रदान गर्दै हजारौं विद्यार्थीलाई सफलतापूर्वक विदेश अध्ययनको यात्रा तय गराउन सहयोग गरेको जनाएको छ। पुतलीसडकस्थित नयाँ स्थानमा सेवा विस्तारसँगै संस्थाले सेवा गुणस्तरलाई अझ प्रभावकारी र सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...