सचिन भट्टराईको स्वरमा सजिएको तीज गीत “कस्की छोरी होला” सार्वजनिक

काठमाडौं, साउन १२ — मौलिकता, संस्कृति र सिर्जनशीलतालाई आत्मसात् गर्दै गायिका समिक्षा अधिकारी र गायक-सर्जक सचिन भट्टराईको स्वरमा सजिएको बहुप्रतिक्षित तीज गीत ‘कस्की छोरी होला’ भर्खरै समिप इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत विश्वव्यापी रूपमा सार्वजनिक भएको छ।

विगत केही वर्षदेखि तीज गीतको नाममा छाडापन र मौलिक संस्कारमा आघात पुर्‍याउने सिर्जनाहरूले बजार ढाकिरहेको बेला, ‘कस्की छोरी होला’ एक सशक्त, मौलिक र भावनात्मक तीज गीतको रूपमा दर्शक-श्रोतामाझ प्रस्तुत भएको छ। गीतमा गायक सचिन भट्टराईले शब्द तथा संगीत दिएका छन् भने लोकप्रिय गायिका समिक्षा अधिकारीको सशक्त स्वरले गीतलाई विशेष बनाएको छ।

गीतको म्युजिक भिडियो मौसम हिमालीको निर्देशनमा तयार भएको हो। भिडियोमा सुनिल न्यौपाने, मीना बर्तौला, अर्जुन सापकोटा र जुना बि.सी. को अभिनय देख्न सकिन्छ। छायांकन नवराज उप्रेती र सम्पादन मनोज कार्कीले गरेका हुन्। एच.बी.एन. किस्मतको एरेन्जमेन्ट रहेको गीतमा नेपाली नारीको सम्मान, परम्परा र संस्कृतिको झल्को प्रस्ट देखिन्छ।

गीत सार्वजनिक भएसँगै, गायक सचिन भट्टराईले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्: “मेरो आफ्नै शब्द-संगीतमा रहेको गीत, मेरो र समिक्षा अधिकारीको आवाजमा, चर्चित गायक–मोडल अर्जुन सापकोटा, सुनिल न्यौपाने, मीना बर्तौला र जुना विश्वकर्माको अभिनयमा तयार पारिएको नयाँ तीज गीत ‘कस्की छोरी होला’ हेरेर कस्तो लाग्यो? सल्लाह, सुझाव र प्रतिकृया दिन नभुल्नु होला।”

गीतले मौलिक संगीतको संरक्षण, महिला सशक्तिकरणको सन्देश, र नेपाली तीजको सांस्कृतिक मूल्यलाई उजागर गर्ने अपेक्षा गरिएको छ। ‘कस्की छोरी होला’ ले श्रोताको मन छुने मात्र होइन, तीज गीतको नयाँ मापदण्ड पनि स्थापित गर्ने विश्वास लिई सार्वजनिक गरिएको हो।

गोरखामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएका गायक-सर्जक सचिन भट्टराई आज नेपाली सांगीतिक क्षेत्रमा मौलिकता, संस्कृति र सिर्जनशीलताको बलियो प्रतिनिधि पात्रका रूपमा चिनिन्छन्। विशेषतः तीज गीतमार्फत सांगीतिक यात्रा सुरु गरेका सचिन आज एक दर्जनभन्दा बढी अफिसियल गीत र चार दर्जनभन्दा बढी लाइभ दोहोरी गीतमा स्वर दिइसकेका छन्। सचिनको सांगीतिक यात्रा सुरु भएको थियो लोकप्रिय तीज गीत ‘नक्कली कान्छीको जालमा परियो’ बाट। पहिलो गीत नै अत्यन्तै लोकप्रिय भएपछि उनले हरेक वर्ष नयाँ तीज गीतहरू श्रोता-दर्शकमाझ ल्याउने क्रम जारी राखे। त्यही निरन्तरताको पछिल्लो श्रृंखला हो ‘कस्की छोरी होला’, जुन भर्खरै समिप इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

सचिनका बनैमा स्याउला छ, युके लान्छु रेलीमै, छड्के छाता, चिन्न सकिन, छायाँ सिसाको लगायतका गीतहरू दर्शक श्रोताले सर्वाधिक रुचाएका गीत हुन् ।

गीत हेर्नुहोस्: 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आज जेठ २४ गते हुन लागेको वैदेशिक रोजगार व्यवसायी संघको अधिबेशनका लागी महासचिवमा हरी डाँगीको उम्मेद्वारी, सुधार र पारदर्शिताका लागि यस्ता छन् १० बुँदे एजेण्डा

आज जेठ २४ गते हुन लागेको वैदेशिक रोजगार व्यवसायी संघको अधिबेशनका लागी महासचिवमा हरी डाँगीको उम्मेद्वारी, सुधार र पारदर्शिताका लागि यस्ता छन् १० बुँदे एजेण्डा

वि.सं.२०८३ जेठ २४ आइतवार ०६:०८

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचन नजिकिँदै जाँदा विभिन्न...

ध्रुब जिसीको स्वर र संगीतमा नयाँ गीत “अभागी मायालु” सार्वजनिक

ध्रुब जिसीको स्वर र संगीतमा नयाँ गीत “अभागी मायालु” सार्वजनिक

वि.सं.२०८३ जेठ २१ बिहीवार ०४:२१

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

रोमानिया पठाईदिने भन्दै सयौं नेपाली ठगेको आरोपमा श्रीमान–श्रीमती सहित ३ जना विरुद्ध पक्राउ पुर्जी, उद्धव पाठक पक्राउ

रोमानिया पठाईदिने भन्दै सयौं नेपाली ठगेको आरोपमा श्रीमान–श्रीमती सहित ३ जना विरुद्ध पक्राउ पुर्जी, उद्धव पाठक पक्राउ

वि.सं.२०८३ जेठ २० बुधवार १४:४८

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक रोमानिया पठाइदिने भन्दै...

उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता” यही जेठ २३ गते सम्पन्न हुने

उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता” यही जेठ २३ गते सम्पन्न हुने

वि.सं.२०८३ जेठ १८ सोमवार ०६:११

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय...

नकुल ढकाल (नबिन) को समसामयिक बिषयमा नयाँ गीत “चिठी के पठाम” सार्वजनिक

नकुल ढकाल (नबिन) को समसामयिक बिषयमा नयाँ गीत “चिठी के पठाम” सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार १७:१५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न

“जय नेपाल यात्रा – २०८३” अन्तर्गत धनकुटामा उत्पादन संस्कृति र आर्थिक राष्ट्रवाद नेपाली कांग्रेसमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ १७ आइतवार १६:२७

धनकुटा। जय नेपाल फाउण्डेसनको राष्ट्रिय अभियान "जय नेपाल यात्रा -...