युवा नेता सोम मगरको पहलमा धादिङका मानसिक बिरामीलाई नेपाल युथ क्लबले गर्यो २ लाख ३५ हजार सहयोग

काठमाडौं। नेपाल युथ क्लब (NYC) ले गम्भीर मानसिक समस्या भोगिरहेका धादिङ गंगा जमुना गाउँपालिका–४ का देवबहादुर मगरलाई रु. २ लाख ३५ हजार ६ सय ३० रुपैयां नगद सहयोग हस्तान्तरण गरेको छ।

 

क्लबका पूर्व अध्यक्ष सुमन बरामको नेतृत्वमा मंगलबार सम्पन्न कार्यक्रममा सहयोग रकम देवबहादुरका बुबालाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा क्लब उपाध्यक्ष राज सुवेदी, वरिष्ठ सल्लाहाकारहरु गौतम राई, मिलन तामाङ, प्रताप थापा मगर, वरिष्ठ सल्लाहाकार सोम मगर (जेम्स) को आमालगायतको उपस्थिति थियो।

 

करिब ३० वर्षीय देवबहादुर विगत केही वर्षदेखि मानसिक समस्याबाट पीडित छन्। वैदेशिक रोजगारीबाट फर्किएपछि उनी बोल्न नसक्ने, लुगा नलगाई जंगलमा डुल्ने, रातदिन अचेत जस्तै हुने जस्ता लक्षण देखिएको परिवारजनले बताएका छन्। यसअघि पाटनस्थित मानसिक अस्पतालमा ३३ दिन उपचारपछि केही सुधार भए पनि समस्या पुनः देखा परेको थियो। उनको परिवारले आर्थिक अभावका कारण थप उपचार गराउन नसकिरहेको जानकारी गराएको छ।

 

विगत लामो समयदेखि गम्भीर मानसिक समस्याबाट पीडित देवबहादुरको उपचार तथा पुनःस्थापनाका लागि धादिङ गंगा जमुना गाउँपालिका ४ घर भई हाल कम्बोडिया बस्दै आएका युवा व्यवसायी तथा समाजसेवी एवम् क्लवका वरिष्ठ सल्लाहाकार सोम मगर (जेम्स) र क्लबका उपाध्यक्ष राज सुवेदीको अगुवाइमा “देवबहादुर मगर बचाउ अभियान” सुरु गरिका थिए। सोम धादिङ उत्तरी भेगका प्रभावशाली युवा नेता हुन् ।

 

सोम मगर (जेम्स) ले सामाजिक सञ्जालमार्फत सहयोग अभियान सुरु गरेका थिए। उक्त अभियानबाट संकलित रकम ‘देवबहादुर बचाउ अभियान’ अन्तर्गत संकलन गरिएको हो।

 

जेम्स मगरले फेसबुकमार्फत एक मार्मिक स्टाटस लेख्दै देवबहादुरको दयनीय अवस्थाबारे जानकारी गराएका थिए: “देवबहादुर मगर, जसको बुढा बाबु आमा जीवनको अन्तिम घडीमा सहाराविहीन छन्। छोरा रातदिन भोकै, कपडाविहीन, जङ्गलतिर हराउँदै हिँड्छन्। आर्थिक अभावका कारण बाबुआमाले छोरालाई उपचार गर्न सकिरहेका छैनन्। उहाँहरूको आँसु दिनहुँ बगिरहेछ।” जेम्सले जनताको मन छुने ढंगले अगुवाइ गरेपछि सामाजिक सञ्जालमा साथ दिनेको लहर नै चलेको थियो ।

 

देवबहादुरको परिवारका अनुसार, उनी वैदेशिक रोजगारीबाट फर्केपछि मानसिक समस्या देखिन थालेको हो। देवबहादुरको अवस्था गम्भीर मानसिक असन्तुलनका कारण घर बाहिर जंगलतिर भौतारिने, खाना र कपडासमेत नचिन्ने जस्ता लक्षण देखिन थालेपछी आफुले सहयोग अभियान चलाएको बताएका छन् । परिवारले पहिल्यै ३३ दिन पाटनस्थित मानसिक अस्पतालमा उपचार गराए पनि दीर्घकालीन औषधि र हेरचाहको आवश्यकता देखिएको थियो।

 

नेपाल युथ क्लबले विगतका वर्षहरूदेखि उपचार नपाएका बिरामी, बाढीपीडित, अनाथ बालबालिका, वृद्धवृद्धा लगायत संकटमा परेकाहरूलाई नियमित रूपमा आर्थिक र मानवीय सहयोग गर्दै आएको छ। क्लब उपाध्यक्ष सुवेदीका अनुसार संस्थामा हाल ६०–७० सक्रिय सदस्य छन् , “हामी वर्षेनि २० देखि २५ लाख रुपैयाँसम्म संकलन गरी विभिन्न पीडितलाई सहयोग गरिरहेका छौँ। उठेको पैसा जसका लागि हो, उसैको हातमा जस्ताको तस्तै पुर्‍याउने हाम्रो सिद्धान्त हो।”

 

नेपाल युथ क्लबले सहयोग रकम हस्तान्तरण गरेसँगै गम्भीर मानसिक समस्याबाट पीडित देवबहादुर मगरलाई उपचार गर्नको उपचारको लागि काठमाडौँ बोलाई मानसिक हस्पिटल पाटनमा भर्ना गरेको छ। योसँगै देवबहादुर मगरको उपचार सुरु भएको छ। छिटै निको हुनु, भन्दै क्लबले उनलाई शीघ्र स्वास्थ्य लाभको समेत कामना व्यक्त गरेको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...