नयाँ ब्राण्डको कपडा “भ्याक्सिनो” को ब्राण्ड एम्बेसडरमा प्रमोद खरेल नियुक्त

लोकप्रिय गायक प्रमोद खरेल कपडाको ब्राण्ड “भ्याक्सिनो” को ब्राण्ड एम्बेसडर बनेका छन् । आइतबार राजधानीको जमलस्थित एक होटलमा आयोजीत कार्यक्रममा प्रमोदलाई एबर्षका लागी सम्झौता गरी ब्राण्ड एम्बेसडरमा नियुक्ती गरिएको हो । अब प्रमोदका तस्बिर तथा बिभिन्न पोष्टर भ्याक्सिनो ब्राण्डले प्रयोग गर्नेछ । साथै प्रमोदले यस ब्राण्डको प्रबद्र्धन गर्नेछन् ।

कार्यक्रममा गायक खरेलले एक गुणस्तरिय ब्राण्डसँग जोडिन पाउँदा आफूलाई खुसी लागेको बताए । उनले भने, ‘कपडाहरुको ब्राण्ड मध्ये एक गुणस्तरिय ब्राण्डसँग जोडिन पाएको छु, खुसी लागेको छ ।’ प्रमोदले आफूलाई सुरुमा अफर आउँदो कपडाको गुणस्तर हेरेर मात्र आफू सहमत भएको बताए ।

यस्तै भ्याक्सिनो ब्राण्डका प्रमुख प्रकाश प्रधानले पछिल्लो समय गायन क्षेत्रका बादशाह सम्बोधन गर्दै आफ्नो ब्राण्डको एम्बेसडर बनाउन पाउँदा खुसी लागेको बताए । साथै अहिलेका लागी एक बर्षको सम्झौता भएपनि पछि समय अवधि बढाउन सकिने उनको भनाई थियो । कार्यक्रममा हाँस्य ब्यंग्य कलाकार राजा राजेन्द्र पोखरेल, सञ्चारकर्मी अशोक धिताल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन अमृत खातीले गरेका थिए भने प्रकाश बराईली “अभिब्यक्ति” ले मिडियो संयोजन गरेका थिए ।  

कपडाको ब्राण्ड ‘भ्याक्सिनो’ कोरोना कहर आइसकेपछि नामाकरण गरिएको बताइएको थियो । राम्रो नामको खोजि गर्ने क्रममा धेरै समय लागेको र अन्तमा ‘भ्याक्सिनो’ जुरेको प्रधानले बताएका छन् । ‘भ्याक्सिनो’ पुरुषहरुको कपडाको ब्राण्ड हो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...