“सितोरियो कराते र महागुरु थानेश्वर”

गजेन्द्रवहादुर खपाङगी’ईश्वर’ काठमाडौं। उमेरले झण्डै ८ दशक छुन लागिसक्यो,तर उहि जोश,उही जाँगर,उही सकृयता अनि उही गतिविधि । उहांको यो गतिविधि हेर्दा लाग्छ,भर्खरै २०-२५ वर्षको उमेर हो ।आफ्नो युवावस्थामा लाहुरे हुने रहरले सिंगापुर पुलिसमा भर्ना हुनु भएको र उतै कराते खेल सिकेर पछि लाहुरे जीवन परित्याग गरि वि.स.२०३४/३५ सालतिर नेपालमा सितोरियो कराते खेल भित्र्याउनु भएका संस्थापक गुरु थानेश्वर राई,नेपाली कराते खेल क्षेत्रमा महागुरुको उपनामले प्रख्यात छन । अझ भन्ने हो भने”सितोरियो कराते र महागुरु थानेश्वर”एक अर्काको पर्यायवाची हो भन्दा, फरक नपर्ला ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदमा,करातेको प्रमुख प्रशिक्षक हुदै तालिम तथा प्रशिक्षण विभागको उप-निर्देशक सम्मको जिम्मेवारी सम्हालेपछि,स्वेच्छिक अवकाश लिएर परिषदवाट विदा भएका महागुरु राई करिव डेढ दशकदेखि अमेरिकामा वसोवास गर्दै आउनु भएकोछ । अमेरिकामा पनि सितोरियो कराते खेलको विकाश,प्रवर्द्धनमा लागिरहनु भएका महागुरु राई वेलावखत मातृभुमी आएर सितोरियो कराते खेललाई अझ प्रभावकारी र विकशित गर्न आफ्ना शिष्यहरुलाई अभिप्रेरित,निर्देशन र सल्लाह दिईरहनुहुन्छ ।

फ्रेन्डली,फरासिला,मिजासिलो स्वभाव र वेलावखत ठट्यौली गर्न मनपराउने गुरु थानेश्वर,नेपाली करातेकर्मीहरुको मन-मनमा कण्ठस्थ भएको एउटा कहिले नविर्सने प्रख्यात नाम वनेकोछ । अमेरिकामा पनि कराते खेलमा उत्तिकै सक्रिय रहेको र उता हुने हरेक गतविधि,प्रतियोगिता,उदघाटन लगायत खेलकुदमा उहाँको सहभागिता निरन्तर रहदै आएकोछ । महागुरु थानेश्वरको लय, गति र निरन्तरतालाई पछ्याउन सके,प्रत्येक करातेकर्मीहरु सफल हुनेमा दुईमत नरहने उहाको सक्रियताले सवैलाई गतिलो सन्देश प्रवाह गरिरहेको छ ।

( लेखक, नेपाल सितोरियो कराते संघका प्रवक्ता तथा नेपाल स्वयमसेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष एवम वरिष्ठ करातेकर्मी हुनुहुन्छ । )

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...