अदालतले पुष्टि गरेको नेतृत्वकै मान्यता रहेको उशु महासंघको दावी

काठमाडौं, २०८२ मंसिर ९ – नेपाल उशु महासंघले पछिल्ला दिनहरूमा उशु खेल क्षेत्रलाई लक्षित गर्दै गरिएको भ्रमपूर्ण प्रचार–प्रसारबारे आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ। महासंघका महासचिव नवराज ढुङ्गानाद्वारा जारी विज्ञप्तीमार्फत उनले विभिन्न व्यक्तिहरूले फैलाइरहेका भ्रामक सूचनामा नफस्न सर्वसाधारण, खेलकर्मी तथा उशु समुदायलाई आग्रह गरेका छन्।

 

महासंघका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ऐन तथा नियमावलीअनुसार विधिवत्त रूपमा गठन भएको वैधानिक संस्थालाई कमजोर पार्ने उद्देश्यले केही व्यक्तिहरू सक्रिय रूपमा गलत प्रचार गरिरहेका छन्। यससँगै महासंघले विभिन्न उठाइएका विषयमा बुँदागत रूपमा स्पष्टिकरणसमेत सार्वजनिक गरेको छ।

अवैधानिक निर्वाचन र गतिविधिबारे स्पष्टीकरण

महासंघले २०७५ साउन २० मा भएको भनिएको पुरानो निर्वाचन नै खेलकुद ऐन तथा महासंघको विधानविपरीत भएकाले अवैध रहेको दाबी गरेको छ। सो समूहले २०६८ सालयता महासंघ नविकरण, लेखापरीक्षण तथा निर्वाचन नगरेको तथ्य प्रमाणित भइसकेको महासंघले जनाएको छ।

यसै पृष्ठभूमिमा राष्ट्रिय खेलकुद परिषद्ले २०७९ पुस ५ मा खेलकुद ऐन २०७७ बमोजिम तदर्थ समिति गठन गरेको थियो। सो समितिविरुद्ध दर्ता गरिएको रिट उच्च अदालत पाटनले २०८० जेठ १३ मा खारेज गर्दै तदर्थ समितिको वैधानिकता पुष्टि गरेको विज्ञप्तीमा उल्लेख छ।

नयाँ नेतृत्वको निर्वाचन र गतिविधि

तदर्थ समितिले २०७९ चैत ४ मा लोकतान्त्रिक प्रक्रियामार्फत निर्वाचन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको थियो। त्यसयताका गतिविधि पारदर्शी र नियमित रूपमा भइरहेको महासंघले दाबी गर्दै राष्ट्रिय स्तरका प्रमुख प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकिएको जनाएको छ।

तेस्रो उसु क्वान च्याम्पियनसिप–२०८०, १६औँ राष्ट्रिय उशु प्रतियोगिता–२०८१, ११औँ उशु डिप्लोमा कोर्ष तथा ७औँ राष्ट्रिय निर्णायक परीक्षा कोर्षलगायतका कार्यक्रम महासंघले सञ्चालन गरिसकेको छ।

लेटरहेड दुरुपयोग र विदेशबाट प्रशिक्षक मागेको आरोप

महासंघले केही व्यक्तिहरूले अवैधानिक रूपमा संस्थाको लेटरहेड र छाप दुरुपयोग गर्दै आएका कारण राखेपले समेत औपचारिक पत्राचार गरिसकेको जनाएको छ। अदालतले पनि यस्ता कार्यमा संलग्न व्यक्तिहरूको विपक्षमा फैसला गरिसकेको महासंघको दाबी छ।

त्यसैगरी, केही व्यक्तिले विदेशबाट प्रशिक्षक झिकाउने नाममा गैरकानुनी गतिविधि गर्दै ‘ओएस राष्ट्रिय उशु कोच ट्रेनिङ कोर्स २०२५’ सञ्चालन गर्ने भन्दै मंसिर २१ देखि २५ गतेसम्मको कार्यक्रमको नाममा सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको महासंघले जनाएको छ। यस्तो क्रियाकलापप्रति महासंघले कडा आपत्ति प्रकट गर्दै त्यस्ता गतिविधिबाट टाढा रहन सर्वसाधारणमा अपिल गरेको छ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त भए पनि आन्तरिक अड्चन

महासचिव ढुङ्गानाका अनुसार अन्तर्राष्ट्रिय उशु महासंघ (IWUF) ले हालको महासंघलाई मान्यता दिइसके पनि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आवश्यक पत्राचार नपठाएका कारण विवाद सतहमा ल्याइएको हो।
उनका अनुसार पूर्वविस्थापित कमिटीलाई पुनर्जीवित गर्ने प्रयासकै कारण अहिलेकै अवस्था सिर्जना भएको हो।

 

निकट भविष्यमा राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कोर्ष

महासंघले चाँडै नै राष्ट्रव्यापी प्रशिक्षक प्रशिक्षण कोर्ष सञ्चालन गर्दै उशु खेललाई थप व्यावसायिक र संस्थागत बनाउने तयारी गरिरहेको जनाएको छ।

विज्ञप्तीको अन्त्यमा महासंघले नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् तथा उशुसम्बन्धी सम्पूर्ण निकायलाई केवल तथ्य र कानुनी आधारमै निर्णय गर्न आग्रह गर्दै व्यक्तिगत स्वार्थका आधारमा भ्रम सिर्जना गर्ने गतिविधिबाट सचेत रहन आग्रह गरेको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...