उपत्यका समन्वय समितिको आयोजनामा “बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” भब्य रुपमा सम्पन्न

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा यही माघ १७ गतेका दिन “बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” भब्य रुपमा सम्पन्न भएको छ। लोक तथा दोहोरी गीतको संरक्षण, प्रवर्द्धन र कलाकार बीच आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको कुरा बताउदै “बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” लाई सभ्य तथा भब्य रुपमा सम्पन्न गर्न सहयोग गरेका सम्पुर्ण प्रती समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेले आभार प्रकट गरेका छन् ।

“बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम” यही माघ १७ गते शनिबारका दिन काठमाडौंको टोखा स्थित भूतखेल मैदानमा सम्पन्न भएको हो। कार्यक्रममा लोक तथा दोहोरी क्षेत्रका प्रतिष्ठित कलाकारहरू, प्रतिष्ठान अन्तर्गतका बिभिन्न शाखाका प्रतिनिधी, स्रष्टा, संगीतप्रेमी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। “बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” मा समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथीको रुपमा प्रतिष्ठान की केन्द्रिय अध्यक्ष रिता थापा मगर रहेकी थिईन्।

 

उक्त कार्यक्रममा उपत्यका समन्वय समिति आयोजकको रुपमा रहेको थियो भने उपत्यका समन्वय समिति अन्तर्गतका १० वटै समिति सह-आयोजकको रुपमा रहेका थिए। सो अवसरमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती र बिभिन्न मनोरञ्जनात्मक गतिविधिहरु समावेश रहेको जानकारी गराउदै लोक संस्कृती प्रेमी सम्पूर्ण महानुभावको बाक्लो उपस्थित भई कार्यक्रमको गरिमा बढेको कुरा प्रचार प्रसार संयोजक प्रितम पोखरेलले बताएका छन्।

 

“बृहत् बनभोज तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२” मा उपत्यका समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेको टिमले सुरु गरेको अभियान समन्वयको आफ्नै घर भन्ने अभियानलाई कलाप्रेमी, संगीतप्रेमी, कलाकारहरुले पनि समर्थन जनाउदै आर्थिक रुपमा पनि सहयोग गर्न सुरु गरेका छन्। समन्वयको आफ्नै घर अभियानलाई सबैले आफ्नो तर्फबाट सहयोग गरिदिन उपत्यका समन्वय समितिका अध्यक्ष लामिछानेले अपिल पनि गरेका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...