आत्महत्या सम्बन्धी संवेदनशील रिपोर्टिङबारे ललितपुरमा पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर। आत्महत्या सम्बन्धी समाचारलाई संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्ने विषयमा पत्रकारहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जनस्वास्थ्य कार्यालय ललितपुरमा आयोजना गरिएको हो। कार्यक्रममा पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कि तथा ललितपुरमा सक्रिय पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

मानसिक स्वास्थ्यसम्बन्धी चिकित्सकहरूले सत्रको सुरुवात गर्दै आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने संवेदनशीलता, सामाजिक प्रभाव र जिम्मेवारीबारे प्रस्तुति दिएका थिए।
प्रस्तुतिमा विश्वस्तरमा आत्महत्याको अवस्थाबारे पनि तथ्याङ्क प्रस्तुत गरिएको थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष ८ लाखभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेका छन् भने करिब प्रत्येक ४० सेकेन्डमा एक जनाले ज्यान गुमाउने तथ्याङ्क रहेको बताइएको थियो। त्यस्तै, एक सफल आत्महत्याको पछाडि करिब २५ पटकसम्म प्रयास हुने अध्ययनले देखाएको जानकारी पनि दिइयो। कार्यक्रमको सभापति ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा। खगेश्वर गेलाल गरेका थिए। वक्ताहरूले “स्वस्थ मन, स्वस्थ जीवन” भन्ने नारालाई जोड दिँदै मानसिक स्वास्थ्यप्रति समाजमा सचेतना बढाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए।

कार्यक्रममा आत्महत्या रोकथाममा सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका हुने विषयमा पनि चर्चा गरिएको थियो। आत्महत्यासम्बन्धी समाचारलाई अनावश्यक रूपमा केन्द्रबिन्दु नबनाउने, सनसनीपूर्ण वा सामान्यीकरण गर्ने भाषा प्रयोग नगर्ने, आत्महत्याको साधन र तरिकाबारे विस्तृत विवरण नदिने तथा त्यस्ता घटनासँग सम्बन्धित फोटो, भिडियो वा डिजिटल लिंक प्रयोग नगर्नुपर्ने सुझाव दिइएको थियो।

त्यस्तै, समस्यामा परेका व्यक्तिहरूलाई सहयोग लिन सकिने ठाउँबारे जानकारी दिनु तथा आत्महत्या रोकथामका लागि जनचेतना जगाउने खालका सामग्री प्रसारण गर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको थियो। मानसिक समस्या वा तनावमा रहेका व्यक्तिहरूले परामर्श लिन सक्ने हटलाइन नम्बर ११६६ रहेको जानकारी पनि कार्यक्रममा दिइएको थियो। सहभागी पत्रकारहरूले यस्ता अभिमुखीकरण कार्यक्रमले जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...