सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा ज्यान गुमाएका सरला अधिकारी र कुमार चौलागाईँको सम्झनामा स्थापित सरला–कुमार अक्षय कोष ले सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गरेको छ।

कोषका अध्यक्ष यन प्रसाद अधिकारी (राजु) ले काभ्रेको छेडास्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सत्र २०८३ का लागि ईसीडीदेखि कक्षा ६ सम्मका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री वितरण गर्नुभएको हो।

उक्त सामग्री विद्यालयका प्रधानाध्यापक रामचन्द्र चौलागाईँ तथा शिक्षक–शिक्षिकामार्फत विद्यार्थीलाई हस्तान्तरण गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलानाथ गौतम (ठाकुर) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य तथा नेकपा केन्द्रीय सदस्य घनश्याम गौतमलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

उक्त अक्षय कोष सरला अधिकारी र कुमार चौलागाईँको स्मृतिमा स्थापना गरिएको हो। दुवै जना सोही विद्यालयका विद्यार्थी रहेका थिए। विसं २०५४ सालमा तत्कालीन द्वन्द्वका क्रममा उनीहरूले ज्यान गुमाएका थिए।

उनीहरूको सम्झनामा परिवारका सदस्यहरू यन प्रसाद अधिकारी, ढोग प्रसाद अधिकारी र नवराज चौलागाईँको पहल तथा विद्यालयको सहयोगमा विद्यालय परिसरमै उनीहरूको सालिक समेत निर्माण गरिएको छ। कोषले आगामी दिनमा पनि शिक्षा तथा सामाजिक क्षेत्रमा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...