साहित्यकार विष्णुभक्त राई “विभरा किराती” को नयाँ कविता सङ्ग्रह आदिम फूल सार्वजनिक

ललितपुर । साहित्यकार विष्णुभक्त राई “विभरा किराती” को नयाँ कविता सङ्ग्रह आदिम फूल सार्वजनिक गरिएको छ । खोटाङको कुइपा मा जन्मिएर हाल चाँगाथली मा बसोवास गर्दै आउनुभएका विभरा किरातीको यो चौथो कृति हो।

नेपालका आदिवासी जनजाति समुदायको अवस्था, किराती सभ्यता तथा संस्कृतिलाई केन्द्रमा राखेर प्रकाशित गरिएको उक्त सङ्ग्रहमा ३८ वटा कविता समेटिएका छन् । वर्गीय, जातीय, सांस्कृतिक तथा राजनीतिक विषयवस्तु समेटिएको कविता सङ्ग्रह शनिबार ललितपुरमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो।

कार्यक्रममा प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतम ले कृतिको विमोचन गर्दै विभरा किरातीका कवितामा चित्रात्मकता र सङ्केतात्मकता सशक्त रूपमा अभिव्यक्त भएको बताउनुभयो । उहाँले ‘आदिम फूल’ ले लेखकलाई नयाँ साहित्यिक उचाइमा पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा पनि सिर्जनात्मक यात्रालाई निरन्तरता दिन शुभकामना व्यक्त गर्नुभयो।

कविता सङ्ग्रहको भूमिका समालोचक डा. हेम भण्डारी ले लेख्नुभएको छ। उहाँका अनुसार सङ्ग्रहमा आदिवासी पहिचान, सामाजिक पर्यावरण, शासकवर्गीय प्रभुत्व, राजनीतिक विसङ्गति तथा सांस्कृतिक प्रतिरोधका विषय प्रभावकारी रूपमा उठाइएको छ। ललितपुरस्थित पवन प्रकृति स्कूल मा आयोजित कार्यक्रममा समालोचक डा. सुरेश हाँचेकाली ले ‘आदिम फूल’ ले सांस्कृतिक पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो।

अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तथा कानूनमा स्नातक उत्तीर्ण विभरा किराती हाल पवन प्रकृति स्कूलमा सहायक प्रधानाध्यापकका रूपमा कार्यरत हुनुहुन्छ । विद्यालयको नेपाली विषय विभागले आयोजना गरेको कार्यक्रममा विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि, साहित्यकार तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

विभरा किरातीले यसअघि सुनको फूल, ताराहरुको बस्तीमा तथा त्रिवेणी गीति एलबम प्रकाशित गरिसक्नुभएको छ । उहाँका गीतहरू रेडियो नेपाल ले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत लेखन प्रतियोगितामा समेत पुरस्कृत भएका थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न, भिम बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:०६

काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा पर्वतको तेस्रो अधिबेशन सम्पन्न...

यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ वैशाख ३० बुधवार १२:२१

काठमाडौं। यानीमाया रोधी घरको १५ औं वार्षिकोत्सब भब्य रुपमा सम्पन्न...

३ पटक सफल रुपमा सगरमाथा आरोहरण गरेका बिजय घिमिरे बिश्वकर्मा चौथो पटक कहिल्यै नफर्कने गरी अस्ताए

३ पटक सफल रुपमा सगरमाथा आरोहरण गरेका बिजय घिमिरे बिश्वकर्मा चौथो पटक कहिल्यै नफर्कने गरी अस्ताए

वि.सं.२०८३ वैशाख २७ आइतवार ११:५४

काठमाडौं। सोलुदुधकुण्ड नगरपालिका वडा नं.७ निवासी विजय घिमिरे विश्वकर्माको लेक...

रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वरमा “आधा मन” सार्वजनिक

रमेश बिक्रम रत्न र मनु बेलबासेको स्वरमा “आधा मन” सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १३:३३

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” को उत्कृष्ठ पाँच नोमिनेशन सार्वजनिक

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” को उत्कृष्ठ पाँच नोमिनेशन सार्वजनिक

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:५४

काठमाडौं-  "पाँचौ काव्य म्युजिक अवार्ड - २०८३" को उत्कृष्ठ पाँच...

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै ठगी गर्ने कलाकार तथा मेकअप आर्टिष्ट शान्ती लिम्बु बिरुद्ध ठगी मुद्धामा जाहेरी, नेपाल प्रहरीद्धारा खोजी कार्य जारी

वि.सं.२०८३ वैशाख २३ बुधवार ०७:१४

काठमाडैं। केही बर्ष यता बैदेशिक रोजगारीको शिलशिलामा ठगी गर्ने गिरोह...