रोमानिया पठाईदिने भन्दै सयौं नेपाली ठगेको आरोपमा श्रीमान–श्रीमती सहित ३ जना विरुद्ध पक्राउ पुर्जी, उद्धव पाठक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक रोमानिया पठाइदिने भन्दै सयौं नेपाली युवाबाट रकम असुलेर ठगी गरेको आरोपमा एक दम्पतीसहित ३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। यस प्रकरणका मुख्य आरोपित मध्येका एक उद्धव पाठक भने हिजो मोरङबाट पक्राउ परेका छन्।

वैदेशिक रोजगार विभागले मोरङको रतुवामाई नगरपालिका–८ निवासी उद्धव पाठक तथा उनकी श्रीमती लेख माया पाण्डे (लीला पाण्डे) सहित अन्य व्यक्ति विरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ। विभागको अनुसन्धान तथा मुद्धा शाखाका अनुसार रोधन सुब्बा (लिम्बू), मौसम आङ्देम्बे, अनिल ईवा लगायतका पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।

विभागले जनाएको अनुसार वैदेशिक रोजगार न्यायाधिकरणबाट प्राप्त अनुमतिपछि प्रतिवादीहरूलाई पक्राउ गरी अनुसन्धान प्रक्रियामा ल्याउन काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा मोरङ, इलाम र पाँचथर जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिएको थियो। सोही क्रममा मुख्य आरोपित मध्यका उद्धव पाठक हिजो मोरङबाट पक्राउ परेका हुन्।

पीडितहरूको दाबी अनुसार आरोपितहरूले आकर्षक तलब र सहज रोजगारीको प्रलोभन देखाउँदै ठूलो संख्यामा नेपाली युवाबाट रकम उठाएका थिए। विदेश पठाइदिने आश्वासन दिए पनि धेरैलाई नपठाएको तथा रकमसमेत फिर्ता नगरेको आरोप उनीहरूमाथि लागेको छ। पीडितहरूले दिएको जानकारी अनुसार यस प्रकरणमा उद्धव पाठक र लेख माया पाण्डे दम्पतीको मुख्य भूमिका रहेको दाबी गरिएको छ। उनीहरूले रोमानिया सहित युरोपका विभिन्न मुलुकमा रोजगारीको अवसर रहेको भन्दै युवाहरूबाट लाखौँ रुपैयाँ संकलन गरेको आरोप छ।

उद्धव पाठक पक्राउ परेसँगै अन्य फरार आरोपितहरूको खोजी तथा अनुसन्धानलाई तीव्र बनाइएको नेपाल प्रहरीले जनाएको छ। उनीहरू नेपाल तथा विदेशमा लुकेर बसिरहेको हुन सक्ने आशंकाका आधारमा विभिन्न निकाय मार्फत खोजी कार्य भइरहेको विभाग स्रोतले जनाएको छ।

उद्धव पाठक माथी थप अनुसन्धान भइरहेको छ भने अन्य आरोपितहरूलाई पक्राउ गरी कानुनी प्रक्रियामा ल्याउने प्रयास जारी रहेको जनाइएको छ। आरोपितहरू माथि लागेको आरोप सम्बन्धमा अन्तिम कानुनी निर्णय भने हुन बाँकी रहेको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

वसन्त थापा र अञ्जिता विश्वकर्माको स्वरमा नयाँ लोक दोहोरी गीत “बैंशैमा नगरकोट” सार्वजनिक

वसन्त थापा र अञ्जिता विश्वकर्माको स्वरमा नयाँ लोक दोहोरी गीत “बैंशैमा नगरकोट” सार्वजनिक

वि.सं.२०८३ भदौ २० शनिवार ०८:१४

काठमाडौं । चर्चित गायक एबं संगीतकार वसन्त थापा र गायिका...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...