आज जेठ २४ गते हुन लागेको वैदेशिक रोजगार व्यवसायी संघको अधिबेशनका लागी महासचिवमा हरी डाँगीको उम्मेद्वारी, सुधार र पारदर्शिताका लागि यस्ता छन् १० बुँदे एजेण्डा

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचन नजिकिँदै जाँदा विभिन्न समूहहरू नेतृत्व चयनको तयारीमा सक्रिय बनेका छन्। संघका दुई तिहाइ पदाधिकारीहरूले सामूहिक राजीनामा दिएपछि नयाँ नेतृत्व चयनका लागि जेठ २४ गते निर्वाचन हुन लागेको हो।

यसैबीच, सिनामंगल वैदेशिक रोजगार एकता समूहबाट हरी डाँगीले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। समूहमा करिब २०० व्यवसायी आबद्ध रहेको र संघको साधारण सभामा निर्णायक भूमिका खेल्ने दाबी गरिएको छ।

उम्मेदवारी घोषणा गर्दै डाँगीले वैदेशिक रोजगारी नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भ भए पनि यस क्षेत्रमा नीतिगत, प्रशासनिक तथा संरचनागत सुधार आवश्यक रहेको बताए। कामदार, व्यवसायी र सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

डाँगीले आफ्नो १० बुँदे एजेण्डा पनि सार्वजनिक गरेका छन्। जसमा भर्ती प्रक्रियालाई पूर्ण पारदर्शी बनाउने, लागत खर्चको वैज्ञानिक निर्धारण गर्ने, स्वास्थ्य परीक्षण तथा भिसा प्रक्रियामा सुधार ल्याउने, श्रमिकको सीप विकासमा लगानी बढाउने, नयाँ श्रम बजार विस्तार गर्ने, सेवा प्रणालीलाई डिजिटल बनाउने, श्रमिक सुरक्षा तथा कल्याणलाई प्राथमिकता दिने, व्यवसायीलाई विकास साझेदारका रूपमा स्थापित गर्ने, कानुनको निष्पक्ष कार्यान्वयन सुनिश्चित गर्ने तथा सरकार, व्यवसायी र श्रमिकबीच त्रिपक्षीय सहकार्यलाई संस्थागत गर्ने विषय समेटिएका छन्।

उनले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउन आफूले उठाएका एजेण्डा कार्यान्वयनमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

वसन्त थापा र अञ्जिता विश्वकर्माको स्वरमा नयाँ लोक दोहोरी गीत “बैंशैमा नगरकोट” सार्वजनिक

वसन्त थापा र अञ्जिता विश्वकर्माको स्वरमा नयाँ लोक दोहोरी गीत “बैंशैमा नगरकोट” सार्वजनिक

वि.सं.२०८३ भदौ २० शनिवार ०८:१४

काठमाडौं । चर्चित गायक एबं संगीतकार वसन्त थापा र गायिका...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...