महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा “ब्लु बस” सेवा सञ्चालन गरिने

काठमाडौं। सरकारले महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा “ब्लु बस” सेवा सञ्चालन गर्ने तयारी गरेको छ। पहिलो चरणमा उपत्यकाका विभिन्न रुटमा आठ वटा बस सञ्चालन गरिने जनाइएको छ।

सरकारको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत समावेश गरिएको यो कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको अवधारणामा आधारित रहेको बताइएको छ। प्रारम्भिक रूपमा काठमाडौं उपत्यकाबाट सेवा सुरु गरी क्रमशः अन्य प्रदेशमा विस्तार गर्ने योजना सरकारको छ। यसका लागि कुल २५ वटा बस सञ्चालनमा ल्याउने तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयसँग आवश्यक राय तथा सहमति मागिसकेको छ। स्वीकृति प्राप्त भएलगत्तै साउन १ गतेदेखि सेवा सुरु गरिने तयारी छ। पहिलो चरणमा “ब्लु बस” सञ्चालन हुने रुटहरू:

 लगनखेल–बुढानिलकण्ठ: २ वटा बस

थानकोट–नागढुङ्गा–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : २ वटा बस

रिङरोड (चक्रपथ) : ४ वटा बस

२ वटा क्लकवाइज

२ वटा एन्टिक्लकवाइज

सरकारले आगामी दिनमा सेवा सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य राखेको भए पनि पहिलो चरणमा काठमाडौं उपत्यकाबाट मात्रै सञ्चालन गर्न लागेको हो। यस अघि राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र चितवनमा पनि यस्तै प्रकृतिको सेवा सञ्चालन गर्ने प्रयास गरेको थियो। तर, उक्त अभ्यास दीर्घकालीन रूपमा सफल हुन सकेको थिएन।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

नबिन श्रीष मगरको तीज बिशेष गीत “रातो साडीमा छड्के तिलहरी” सनर्वजनिक

नबिन श्रीष मगरको तीज बिशेष गीत “रातो साडीमा छड्के तिलहरी” सनर्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १२:४६

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...