महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा “ब्लु बस” सेवा सञ्चालन गरिने

काठमाडौं। सरकारले महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा “ब्लु बस” सेवा सञ्चालन गर्ने तयारी गरेको छ। पहिलो चरणमा उपत्यकाका विभिन्न रुटमा आठ वटा बस सञ्चालन गरिने जनाइएको छ।

 

सरकारको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत समावेश गरिएको यो कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको अवधारणामा आधारित रहेको बताइएको छ। प्रारम्भिक रूपमा काठमाडौं उपत्यकाबाट सेवा सुरु गरी क्रमशः अन्य प्रदेशमा विस्तार गर्ने योजना सरकारको छ। यसका लागि कुल २५ वटा बस सञ्चालनमा ल्याउने तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

 

मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयसँग आवश्यक राय तथा सहमति मागिसकेको छ। स्वीकृति प्राप्त भएलगत्तै साउन १ गतेदेखि सेवा सुरु गरिने तयारी छ। पहिलो चरणमा “ब्लु बस” सञ्चालन हुने रुटहरू:

 लगनखेल–बुढानिलकण्ठ: २ वटा बस

थानकोट–नागढुङ्गा–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : २ वटा बस

रिङरोड (चक्रपथ) : ४ वटा बस

२ वटा क्लकवाइज

२ वटा एन्टिक्लकवाइज

सरकारले आगामी दिनमा सेवा सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य राखेको भए पनि पहिलो चरणमा काठमाडौं उपत्यकाबाट मात्रै सञ्चालन गर्न लागेको हो। यस अघि राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र चितवनमा पनि यस्तै प्रकृतिको सेवा सञ्चालन गर्ने प्रयास गरेको थियो। तर, उक्त अभ्यास दीर्घकालीन रूपमा सफल हुन सकेको थिएन।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

वि.सं.२०८३ असोज २० मंगलवार ११:१४

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार रुपमा स्थापित...

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

वि.सं.२०८३ असोज २० मंगलवार ०८:३०

काठमाडौं। कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय...

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १३:०३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर...

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

वि.सं.२०८३ असोज १८ आइतवार १२:५५

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत...

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १२:४८

काठमाडौं। बहुप्रतिभा धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

वि.सं.२०८३ असोज १८ आइतवार ०९:५२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपरासी (बर्दघाट सुस्ता...