प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिन, छात्राहरूमा निहित क्षमता उजागर गर्न, व्यक्तित्व विकासका साथै नेतृत्वदायी भुमिका निर्वाहका लागि प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रूपमा आयोजना गर्दै आएको ‘प्याब्सन मिस लिटिल आइडल’को १५औं संस्करण सुरु भएको छ।

 

बागबजारस्थित होटेल हार्दिकमा आइतबार पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिइएको हो। यस प्रतियोगितामा सहभागी हुन अभिभावको अनुमति एवं विद्यालयको सिफारिस अनिवार्य गरिएको छ। प्रतियोगितामा कक्षा चारदेखि कक्षा आठसम्म अध्ययनरत ८ देखि १३ वर्ष उमेरसमुहका छात्राहरूलाई सहभागी गराइँदै आएको छ। आवेदन दिनेमध्ये ‘पहिले आउने’ आधारमा बढीमा ७० जना छात्रालाई अन्तिम प्रतिस्पर्धामा सहभागी गराइने भएको छ। प्रतियोगीहरूलाई कोरियोग्राफर रोजिन शाक्य र कोच एन्जल राईले तीन साता प्रशिक्षण दिनुहुनेछ भने अन्य विभिन्न विधाका विशेषज्ञ, पूर्वविजेता, सहभागी, सेलिब्रेटीहरूसँग साक्षत्कार पनि गराइँदै आएको छ।

 

प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले सहभागीहरूमा देखिएको प्रतिस्पर्धाको भावना, व्यक्तित्व विकास, छात्राहरूमा निहित क्षमता उजागर एवं सकारात्मक परिवर्तन्का कारण प्याब्सन काठमाडौंले यो प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको बताउनुभयो । ‘शैक्षिक कोर्षमा नसमेटिएका तर बदलिँदो समय र प्रविधिसँगै आवश्यक विषयका बारेमा छात्राहरूलाई ज्ञान दिन र सिर्जनात्मक कार्यमा प्रेरित गर्न प्रतियोगिता सार्थक बनेको छ’, अध्यक्ष भट्टले भन्नुभयो, ‘प्रतियोगी छात्राहरूले यस प्रतियोगिताबाट समयसापेक्ष नयाँ ज्ञान हासिल गर्दै आएका छन् ।’

 

एक्सन इन्टरटेनमेन्टका अध्यक्ष अशोकप्यासी राईले प्रतियोगितालाई यसपटक नयाँ शैली, प्रविधिमैत्री र रोमाञ्चक बनाइने जानकारी दिनुभयो । ‘यस पटक प्याब्सन मिस लिटिल आइडलले १५औं वर्ष मनाउने भएकाले प्रतियोगितालाई थप रोमाञ्चक, सिर्जनशील र प्रतिस्पर्धात्मक बनाउने छौं’, अध्यक्ष राईले भन्नुभयो । त्यसैगरी प्याब्सन काठमाडांैं एवं कार्यक्रमकी सल्लाहकार रीता राई (दाहाल)ले विगतको अनुभव, सहभागी विद्यालय, अभिभावक एवं छात्राहरूबाट प्राप्त सुझावका आधारमा प्रतियोगितालाई समयअनुसार परिमार्जन गर्दै सहभागीहरूलाई दक्ष र उत्कृष्ट बनाइएको बताउनुभयो ।

 

पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौंका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सूर्य भण्डारीले परम्परागत शिक्षण पद्धतिले मात्र अबका पुस्तालाई नपुग्ने र बदलिँदो समय र प्रविधिसँग नयाँ नयाँ सीप र ज्ञान आवश्यक हुने बताउनुभयो । उहाँका अनुसार सहभागीहरूमा देखिएको सकारात्मक परिवर्तन र आत्मविश्वासका कारण प्याब्सन लिटिल आइडलप्रति छात्राहरूको आकर्षण बढ्दो छ ।
प्रतियोगिताकी कोच एन्जल राईले सहभागी छात्राहरूमा निहित क्षमता उजागर गरी उनीहरूमा प्रतिस्पर्धाको भावना जागृत गराउने, आत्मविश्वास बढाउने र छात्राहरूमा निहित क्षमता पहिचान गरी सोहीअनुसार अगाडि बढ्न प्रेरित गरिने जानकारी दिनुभयो ।

 

प्याब्सन मिस लिटिल आइडलको यो १५औंं संस्करण हो । प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट र सेकेन्ड रनरअपलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र, उपहार एवं ट्रफी प्रदान गरिनेछ । त्यसैगरी मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि विजेतालाई जनही १५ हजार रुपैयाँ पुरस्कार एवं सहभागी सबै छात्राहरूलाई प्रमाणपत्र, उपहार एवं ट्रफीसहित सम्मान प्रदान गरिने छ । यस पटक प्रतियोगीहरूलाई २०८३ भदौ ६ गतेदेखि प्रशिक्षण सुरु गरी भदौ २७ गते अन्तिम प्रतिस्पर्धा गराइने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...