नेकपा (एकीकृत समाजबादी ) अन्तर्गतको नेपाल दलित मुक्ति संगठन, काभ्रेपलाञ्चोक जिल्ला कमिटी गठन

नेकपा (एकिकृत समाजबादी) पार्टीको भातृ संगठन “नेपाल दलित मुक्ति संगठन, काभ्रेपलाञ्चोक जिल्ला कमिटी गठन” भएको छ । मनिश बर्देवाको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एबं बागमती प्रदेश सभासद बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल दलित मुक्ति संगठनका केन्द्रिय उपमहासचिव सरोज दिलु बिश्वकर्माको बिशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल दलित मुक्ति संगठनका केन्द्रिय सचिव नन्दराज घतानी, केन्द्रिय सदस्य एबं नेपाल दलित मुक्ती संगठनका जिल्ला ईन्चार्ज पदम बिक, नेपाल दलित मुक्ती संगठनको बागमती प्रदेश अध्यक्ष रमेश सुनार, जिल्ला सचिवालय सदस्य एबं बनेपा नगर कमिटीका अध्यक्ष रघुवर चौ प्रधान, स्कुल बिभाग प्रमुख दया सागर श्रेष्ठ लगायत अन्य प्रतीनिधीहरु अतिथीको रुपमा थिए ।

उक्त भेलाबाट नेपाल दलित मुक्ती संगठन काभ्रेपलाञ्चोकका लागी अध्यक्ष मनिश बर्देवा, उपाध्यक्ष बिष्णु बहादुर मिजार, उपाध्यक्ष मनिका बराईली, सचिव श्याम सुन्दर परियार, सह सचिव राजु रिजाल, सह सचिव बसन्त शंकर, कोषाध्यक्ष कविता मिजार सहितको ६५ सदस्यीय कार्यसमिती गठन भएको छ ।

करिव ६०, ७० बर्षको कम्युनिष्ट आन्दोलनलाई केपी ओलीले लात हानेको र सिंगो कार्यकतालाई लात हानेको भन्दै बिभिन्न वक्ता र कार्यकर्ताहरुले आक्रोश ब्यक्त गरेका थिए । साथै केपी ओलीले सिंगो एमालेलाई घात नगरेको भए अर्काे पार्टीको जन्म नहुने कुरा केही अतिथीहरुले बताए ।

समाज परिवर्तन र सिंगो जनताको लागी नै नेकपा (एकिकृत समाजबादी) पार्टीको निर्माण भएको कुरा केन्द्रिय प्रतिनिधीहरुले बताए । नव निर्वाचित कार्यसमितीलाई नेपाल दलित मुक्ति संगठनका केन्द्रिय उपमहासचिव सरोज दिलु बिश्वकर्माले सपथ ग्रहण गराएका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...