काठमाडौंको भृकुटी मण्डपमा हुने भयो हरेक जिल्लाका कलाकारहरुको भिडन्त, फर्म भर्ने अन्तिम मिति चैत्र १४ सम्म

प्रकाश बराईली “अभिब्यक्ति”
काठमाडौं, नेपाल

नेपाली गीत संगीत भनेपछि कस्को मन छुन्न र ? अझ भन्ने हो भने लोक गीत र मौलिक गीतले त सबैको मन छुन्छ । पछिल्लो समय सांगीतिक क्षेत्रमा लोक गीतले धेरै फड्को मारेको पाईन्छ ।मानिसहरुको हरेक नशा नशामा गीत संगीत लुकेको हुन्छ । कसैले प्रस्तुत गर्न सक्छन् त कसैले प्रस्तुत गर्न सक्दैनन् । गीत संगीत मन नपराउने र नसुन्ने ब्यक्ति कम नै भेटिन्छन् ।

लोक दोहोरी कलाकारहरुको छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय समितीको आयोजनामा “राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” काठमाडौं स्थित भृकुटी मण्डपमा यही चैत्र १६ गते देखी १९ गते सम्म भब्यताका साथ सम्पन्न हुने भएको छ । यस प्रतियोगितामा भाग लिन ईच्छुक कलाकारहरुले चैत्र १४ गते सम्म भित्र फर्म भरिसक्नु पर्ने हुन्छ ।

कारोनाको महामारीले गर्दा यस कार्यक्रम २ बर्ष स्थगित भएको थियो । हालः कोरोनाको महामारी न्युन भएको कारण २ बर्ष रोकिएको “राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता” लाई यस बर्ष पुर्णता दिन लागिएको हो । यस प्रतियोगितामा प्रथम पुरस्कार : दुई लाख पच्चीस हजार, शिल्ड, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार : एक लाख पचास हजार, मेडल र प्रमाण पत्र, तृतिय पुरस्कार : एक लाख, मेडल र प्रमाण पत्र, सान्त्वना पुरस्कार : पचास हजार, मेडल र प्रमाण पत्र रहेको छ ।

प्रत्यक समुहमा २ पुरुष र २ महिला सहित उत्कृष्ट भेषभुषालाई पुरस्कृत गरिने कुरा आयोजक पक्षले बताएको छ । काठमाडौं बाहिरबाट भाग लिन आएका समुहलाई क्वाटर फाईनल प्रबेश गरेपछि आयोजकको तर्फबाट खाना बस्नको ब्यवस्था गरिने कुरा केन्द्रिय अध्यक्ष रमेश बिजीले बताए । प्रतियोगितामा भाग लिन एक हजार रुपैया मात्र शुल्क लाग्ने छ । थप जानकारी लिनका लागी ९८४११८५४२६, ९८५१०६५५३८, ९८४१३११६०५ मा सम्पर्क गर्न सकिने छ ।

“राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” लाई सभ्य र भब्य रुपमा सफल बनाईदिन प्रतिष्ठानमा आबद्ध कलाकारहरु, बिज्ञापनदाता, सहयोगीदाता, मिडियाकर्मी र शुभचिन्तकहरुमा आयोजक कमिटीका अध्यक्ष रमेश बिजीले अनुरोध गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...