काठमाडौंको भृकुटी मण्डपमा हुने भयो हरेक जिल्लाका कलाकारहरुको भिडन्त, फर्म भर्ने अन्तिम मिति चैत्र १४ सम्म

प्रकाश बराईली “अभिब्यक्ति”
काठमाडौं, नेपाल

नेपाली गीत संगीत भनेपछि कस्को मन छुन्न र ? अझ भन्ने हो भने लोक गीत र मौलिक गीतले त सबैको मन छुन्छ । पछिल्लो समय सांगीतिक क्षेत्रमा लोक गीतले धेरै फड्को मारेको पाईन्छ ।मानिसहरुको हरेक नशा नशामा गीत संगीत लुकेको हुन्छ । कसैले प्रस्तुत गर्न सक्छन् त कसैले प्रस्तुत गर्न सक्दैनन् । गीत संगीत मन नपराउने र नसुन्ने ब्यक्ति कम नै भेटिन्छन् ।

लोक दोहोरी कलाकारहरुको छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रिय समितीको आयोजनामा “राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” काठमाडौं स्थित भृकुटी मण्डपमा यही चैत्र १६ गते देखी १९ गते सम्म भब्यताका साथ सम्पन्न हुने भएको छ । यस प्रतियोगितामा भाग लिन ईच्छुक कलाकारहरुले चैत्र १४ गते सम्म भित्र फर्म भरिसक्नु पर्ने हुन्छ ।

कारोनाको महामारीले गर्दा यस कार्यक्रम २ बर्ष स्थगित भएको थियो । हालः कोरोनाको महामारी न्युन भएको कारण २ बर्ष रोकिएको “राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता” लाई यस बर्ष पुर्णता दिन लागिएको हो । यस प्रतियोगितामा प्रथम पुरस्कार : दुई लाख पच्चीस हजार, शिल्ड, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार : एक लाख पचास हजार, मेडल र प्रमाण पत्र, तृतिय पुरस्कार : एक लाख, मेडल र प्रमाण पत्र, सान्त्वना पुरस्कार : पचास हजार, मेडल र प्रमाण पत्र रहेको छ ।

प्रत्यक समुहमा २ पुरुष र २ महिला सहित उत्कृष्ट भेषभुषालाई पुरस्कृत गरिने कुरा आयोजक पक्षले बताएको छ । काठमाडौं बाहिरबाट भाग लिन आएका समुहलाई क्वाटर फाईनल प्रबेश गरेपछि आयोजकको तर्फबाट खाना बस्नको ब्यवस्था गरिने कुरा केन्द्रिय अध्यक्ष रमेश बिजीले बताए । प्रतियोगितामा भाग लिन एक हजार रुपैया मात्र शुल्क लाग्ने छ । थप जानकारी लिनका लागी ९८४११८५४२६, ९८५१०६५५३८, ९८४१३११६०५ मा सम्पर्क गर्न सकिने छ ।

“राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” लाई सभ्य र भब्य रुपमा सफल बनाईदिन प्रतिष्ठानमा आबद्ध कलाकारहरु, बिज्ञापनदाता, सहयोगीदाता, मिडियाकर्मी र शुभचिन्तकहरुमा आयोजक कमिटीका अध्यक्ष रमेश बिजीले अनुरोध गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...