मेस्सी र बार्सिलोना बीचको नयाँ सहमति कसरी भत्कियो ?

बिहीबार ८ बज्नुअघि बार्सिलोनाले एउटा विज्ञप्ति सार्वजनिक ग–यो । लगत्तै स्पेनिस वेबसाइट मार्काले समाचार ब्रेक ग–यो, ‘मेस्सीले बार्सिलोना छाड्नेछन् ।’ यो समाचार विश्व फुटबललाई नै तरङ्गित पार्नेखालको थियो, एउटा भूकम्पजस्तै ।

३० जुनमा ३४ वर्षीय मेस्सी र बार्सिलोना बीचको सम्झौता सकिएको थियो । क्याम्प नोउमा २१ वर्ष बिताइसकेका मेस्सीले नयाँ सम्झौता गर्ने तय पनि थियो । बार्साले बिहीबार नयाँ सम्झौता गर्नका लागि सबै तयारी गरिसकेको थियो ।

तर अन्त्यमा गएर स्पेनिस लिगको आर्थिक र संरचनात्मक अवरोधका कारण सम्झौता सम्भव नभएको विज्ञप्ति बार्सिलोनाले निकाल्यो । त्यसो भए ६ पटकको बेलोन डि’अरको भविष्य अब के हुन्छ रु बार्सा र मेस्सीबीचको सम्बन्धमा यो साँच्चैको अन्त्य हो वा कथामा अर्को अन्तिम ट्विस्ट आउनसक्छ ?

नयाँ सहमति कसरी भत्कियो ?

गुइलेम बालागुले लेखेका थिए– आफ्नो पुरानो तलबमा ५० प्रतिशत कटौती गरेर पनि २०२६ सम्मका लागि बार्सिलोनामा बस्न मेस्सी सहमत भएका छन् ।

तर यो सहमति सार्थक बनाउनका लागि पनि बार्सिलोनाले अन्य खेलाडीहरू बेच्नुपर्ने अवस्था थियो । उनीहरूले ला–लिगाको फाइनान्सियल फेयर प्ले (एफएफपी) मापदण्ड पूरा गर्नका लागि आफ्नो तलबको सूचीबाट पहिले २० करोड युरो घटाउनुपर्ने थियो । त्यसपछि मात्रै मेस्सीसँग सम्झौता हुनसक्थ्यो । तर यो उपलब्धि हासिल भइसकेको छैन । धेरै तलब बुझ्ने एन्टोनियो ग्रिजम्यान, ओस्माने डेम्बेले र फिलिपो काउटिन्होजस्ता खेलाडी क्लबमै छन् ।

बालागु भन्छन्, ‘बार्सिलोनाले मेस्सीको तलब र बोनस तिर्नका लागि सिर्जनशील बाटो खोज्नुपर्ने थियो । मैले उनीहरूसँग सोधेको थिएँ, ‘यो सहमति कसरी सम्भव हुन्छ जब तिमीले नयाँ खेलाडीहरूलाई सित्तैँमा सम्झौता गर्न सक्दैनौँ ’ उनीहरूको जवाफ थियो, ‘हामीलाई विश्वास गर्नुस् ।’

मेस्सी पक्षबाट एउटै सन्देश थियो– ‘प्रतीक्षा गरौँ । बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा आशावादी थिए, मेस्सी पक्ष कम आशावादी थियो । तर एक पटक पनि यो असम्भव छ भनिएन,’ बालागुले भने, ‘तर अहिले यो पुष्टि भएको छ कि यस्तो सम्झौता सम्भव हुने कुनै आर्थिक बाटो छैन । तर मलाई यो नै कथाको अन्त्य हो भन्ने लाग्दैन ।’

क्लबको आर्थिक अवस्था निकै खराब छ । ‘धेरै मानिस मेस्सीपछि क्लबको जीवन कस्तो हुन्छ भनेर कल्पना गर्ने प्रयास अहिले गरिरहेका छन् । किनभने कसैले पनि तीन दिनअघि यस्तो कल्पना गरको थिएन,’ रेडियो क्याटालुन्याका इर्नेस्ट मासियाले भने, ‘हामीले बरु क्लबका अध्यक्षसहित धेरै मानिसहरूले मेस्सी रहनेछन् भनेको सुनेका थियौँ । सम्झौताका लागि कागज तयारी अवस्थामा राखिएको थियो ।’

एनले थपे, ‘यसअघि उनीहरूले दिएको बयानले मेस्सी र बार्सिलोना दुवै सहमत छन् भन्ने देखिन्थ्यो । तर अहिले फाइनान्सियल फेयर प्लेको नियम नै मेस्सीलाई क्लबमा राख्न नसकिने बटन लाइन बनेको देखिन्छ ।’

के यो नाटक हो ?

स्पेनिस फुटबल राइटर एन्डी बेस्ट भन्छन्

“मृत्युको सूचना लेख्न बन्द गर्नुस् । भव्य बिदाइको योजनालाई थाँती राख्नुस् र । यो जस्तो नाटकीय देखिएको छ । बार्सिलोनाको घोषणाको अर्थ मेस्सीले क्लब छाड्दैछन् भन्ने होइन । अहिलेसम्म कुनै कोणबाट पनि होइन ।”

यो विज्ञप्ति अन्तिम घोषणा होइन । यो त ला–लिगालाई दबाबमा राख्ने बार्सिलोनाको ठूलो रणनीतिक जोखिम कदम हो । ला–लिगाको तलबसम्बन्धी मापदण्डले नै अहिले मेस्सी र बार्सिलोनालाई उनीहरू दुवै सहमत भएको सम्झौतापत्रमा हस्ताक्षर गर्नबाट रोकेको छ ।

यो पृष्ठभूमिमा बार्सिलोनाको आर्थिक सङ्कट र उनीहरूले इच्छा गरेको युरोपेली सुपर लिग गठन गर्ने प्रक्रिया जोडिएको छ । बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले रियल म्याड्रिडका अध्यक्ष फियोरेन्टिनो पेरेजसँगै मिलेर यो नयाँ लिगलाई सार्थक बनाउने सपना पछ्याइरहेका छन् ।

महत्त्वपूर्ण कुरा, यही समय बार्सिलोनाले लगानी कोष सीभीसीसँग नयाँ सम्झौता गरेको छ । यस सम्झौताअनुसार बार्सिलोनालाई सीभीसीले तत्कालै २० करोड दिनेछ जो मेस्सीसँग सम्झौता गर्न पर्याप्त रकम हो ।

तर यो रकम हासिल गर्नका लागि क्लबले ला–लिगासँग दीर्घकालीन प्रतिबद्धता पत्रमा सम्झौता गर्नुपर्छ । जसअनुसार सुपर लिगको योजनालाई पनि तिलाञ्जलि दिनुपर्छ । बार्सिलोनाले विज्ञप्ति निकालेको केही मिनेटमै रियल म्याड्रिडले पनि विज्ञप्ति निकालेको छ । त्यसमा निभएको छ, ‘सीभीसी सहमति क्लबको संलग्नता र जानकारीबिना नै गरियो । यो परियोजनालाई हामी समर्थन गर्न सक्दैनौ ।’

लापोर्टाले ला–लिगाका अध्यक्ष जाभियर टेबासलाई भनेका छन्, ‘मेस्सीबिनाको लिगबाट तपार्इंको नयाँ लगानी कोष साझेदारले के नाप्दो रहेछ । ठीक छ, हेरौँ ।’

त्यो कदम कस्तो हुनेछ, कसलाई थाहा ? तर यो अर्बौंको बुद्धिचाल सकिइसकेको छैन । लापोर्टाले चेक दिएका छन् । तर यो चेकले खेल सकिन्छ भन्ने छैन ।

एक वर्षअघि मात्रै मेस्सीले क्लब छाड्ने इच्छा व्यक्त गरेका थिए । उनको तत्कालीन सम्झौतामा रहेको क्लब छाड्ने पाउने प्रावधानलाई लागू गरिदिन पनि उनले आग्रह गरेका थिए । तर बार्सिलोनाले मानेन । मेस्सीलाई किन्न चाहनेले ७० करोड युरो तिर्नुपर्ने सर्त अघि सा–यो । बार्सिलोनाको यस्तो सर्तविरुद्ध अदालत जाने अवसर मेस्सीसामु थियो । तर उनले आफ्नो प्रिय क्लबविरुद्ध अदालत जाने कल्पनासम्म पनि गर्न नसक्ने बताए, चुपचाप क्लबमै बसे ।

अहिले त्यस्तो कुनै कडाइ छैन । उनी चाहेको क्लबमा जान सक्छन् । लामो समयदेखि पेप गार्डिओलाको म्यानचेस्टर सिटीमा मेस्सीको नाम जोडिएको थियो । तर सिटीले भर्खरै मात्र १० करोड पाउन्डमा ज्याक गियरलिसलाई भित्र्याएको छ । टोट्टेनह्यामबाट ह्यारी केनलाई भित्र्याउने उसको योजना छ । स्पेनिस राइटर बालागुलाई सिटीले मेस्सी भित्र्याउने ल्याकत आर्थिक रूपमा राख्छ भन्ने विश्वास छैन ।

‘यो कुनै ५ करोड युरो खाने खेलाडी किने जस्तो होइन । मेस्सीको तलब जति छ, त्यसको डबल दिनुपर्ने हुन्छ । त्यससँगै तपाईंले सम्झौता रकम पनि तिर्नुपर्ने हुन्छ । जो ५, ६ वा ७ करोड हुनसक्छ । यो त अर्को क्लबबाट खेलाडी भित्र्याएजस्तै भयो,’ उनले भने, ‘त्यही कारण अहिले सिटीसँग पर्याप्त रकम छ भन्ने मलाई लाग्दैन । हामी सबैलाई पेरिस सेन्ट जर्माइन (पीएसजी) नै आगामी बाटो हुनसक्छ भन्ने आशङ्का छ ।’

फ्रान्सका फुटबलविज्ञ जुलियन लउरेन्सले भने, ‘मलाई अझै बार्सिलोनाले नाटक गरिरहेको भन्ने लाग्छ । पीएसजीको कोणबाट हेर्ने हो भने पछिल्ला वर्षभर उसले स्पष्टै भनेको छ, यदि मेस्सी उपलब्ध हुन्छन् र उनी इच्छुक छन् भने त्यो सम्झौतालाई सार्थक बनाउन पर्याप्त बैङ्क ब्यालेन्स र स्रोत ऊसँग छ ।’

लउरेन्सले थपे, ‘अन्तिम नतिजा अझै उनी बार्सामै बस्नसक्छन् । तर मेस्सीको परिवारलाई पीएसजीले फेरि दोहो–याउनेछ, यदि उनी पीएसजी आउने हो भने हामी तयार छौँ ।’

मेस्सी विश्व फुटबलकै सर्वोत्कृष्ट खेलाडीमध्ये एक मानिन्छन् । निर्विवाद रूपमा क्लब फुटबलमा उनको स्थान सबैभन्दा माथि छ । मेस्सीले आफ्नो करियरमा बार्सालाई ३४ वटा उपाधि जिताएका छन् । उनको नाममा एकै क्लबका लागि सर्वाधिक ६ सय ७२ गोल गर्ने कीर्तिमान छ ।

उनले बार्साबाट सर्वाधिक ७ सय ७८ खेल खेल्दै यो उपलब्धि हासिल गरेका हुन् । बार्साका लागि सर्वाधिक खेल खेल्ने, सर्वाधिक गोल गर्ने, एल क्लासिको (रियल म्याड्रिडविरुद्धको खेल) मा सर्वाधिक गोल गर्ने, एकै सिजन सर्वाधिक गोल गर्ने, एकै वर्ष सर्वाधिक गोल गर्ने, सबैभन्दा धेरै फ्रिकिक गोल गर्ने, सबैभन्दा धेरै ह्याट्रिक गर्ने, सर्वाधिक धेरै एसिस्ट गर्नेलगायत दर्जनौँ कीर्तिमान मेस्सीको नाममा छ । त्यही कारण उनले अहिले क्लब छाडे पनि उनका कीर्तिमानहरू दशकौँसम्म कायमै रहने अपेक्षा गरिएको छ ।

छ पटकका बेलोन डि’अर मेस्सीमाथि क्लब फुटबलमा राम्रो खेले पनि अन्तर्राष्ट्रिय फुटबलमा राम्रो गर्न नसकेको आरोप लाग्ने गरेको थियो । तर यसै वर्ष उनले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताए र त्यो दाग पनि मेटे ।

रोसारियोदेखि क्याटालोनिया सम्म नेप्किनमा गरिएको थियो सम्झौता

मेस्सीको जन्म २४ जुन, १९८७ मा अर्जेन्टिनाको रोसारियो सहरमा भएको थियो । रोसारियोको स्थानीय क्लब निवेल वल्ड ब्वाइजले सानैमा उनको प्रतिभा चिनेको थियो । स्थानीय स्तरमा प्रख्यात भइसकेका फुच्चे मेस्सीमा १० वर्षको उमेरमा ‘ग्रोथ हर्मोन डिफिसियन्सी’ अर्थात् उचाइ नबढ्ने समस्या देखियो । दुई वर्षसम्म बाबुले बीमाको रकमबाट उनको उपचार गरे । मेस्सीको मासिक उपचार खर्च १ हजार अमेरिकी डलर बराबर थियो । निवेल वल्ड ब्वाइजले मेस्सीको उपचारमा योगदान गर्ने वाचा गरेको भए पनि पूरा गर्न सकेन । ब्युनोर्स आयर्सको शक्तिशाली क्लब रिभर प्लेटले पनि मेस्सीलाई क्लब भित्र्याउने इच्छा देखाएको थियो । तर अर्जेन्टिनामा यही समय अर्थतन्त्र धराशायी थियोस जसकारण मेस्सीको उपचार खर्च बेहोर्नुपर्ने जानकारी पाएपछि यो क्लब पनि पछि हट्यो ।

क्याटालोनियामा मेस्सीका आफन्तहरू बस्थे । उनीहरूले नै बार्सिलोनामा ट्रायलको व्यवस्था गरिदिए । सेप्टेम्बर २००० मा १३ वर्षका मेस्सीले बार्सिलोनामा पहिलो ट्रायल दिए । फस्र्ट टिम डाइरेक्टर चार्ली रेसाक तत्कालै उनलाई आबद्ध गर्न चाहन्थे । तर कार्यसमितिका अन्य सदस्यहरू हिच्किचाए किनभने यतिबेला सामान्यतयः युरोपेली क्लबले यति सानै उमेरका विदेशी खेलाडीहरूसँग सम्झौता गर्दैन थिए । अन्ततः तीन महिनापछि बार्सिलोनाले सम्झौता ग–यो । यतिबेला रेसाकको हातमा अन्य कागज थिएन । उनले नेप्किन पेपरमै सम्झौता लेखेर मेस्सीको परिवारलाई दिएका थिए । फेब्रुअरी २००१ मा मेस्सीको परिवार पनि बार्सिलोना आयो ।

डेब्यु खेल

बार्सिलोनाको युवा टोलीबाट खेल्दा नै मेस्सी प्रख्यात भइसकेका थिए । ‘बार्सिलोनामा तिमीले युथ टिममा रहेको एक फुच्चेबार सुन्नेछौँ । उसले पनि तिमीजस्तै १० नम्बर जर्सी लगाउँछ । उसले तिमीले जसरी नै बलसँग खेल्छ । तिमी र तिम्रा साथीहरू युथ टोलीबाट उसले खेलेको हेर्न जानेछौ र त्यही क्षण तिमीलाई ऊ महान्भन्दा पनि माथिको फुटबलर बन्नेवाला छ भन्ने थाहा हुनेछ । यो बालक फरक छ, उसको नाम लियो मेस्सी हो,’ रोनाल्डिन्होले बाल्यकालको आफूलाई सम्झेर लेखेको पत्रमा मेस्सीको चित्रण यसरी गरेका छन्, ‘तिमीले प्रशिक्षकहरू सामु उसलाई आफूसँग खेल्नका लागि सिनियर टोली ल्याउन भन्नेछौ । ऊ टोलीमा आउँदा बार्सिलोनाका खेलाडीहरू त्यसरी नै उसको प्रतिभाबारे कानेखुसी गरिरहेका हुनेछन्स जसरी कुनै समय तिम्रो खेलबारे ब्राजिलका स्टारहरूले कानेखुसी गरेका थिए ।’

सन् २००३ को नोभेम्बरमा मेस्सीले पोर्टोविरुद्धको मैत्रीपूर्ण खेलमार्फत बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरे । सन् २००४ मा अल्बाकेटविरुद्धको खेलमा अन्त्यतिर वैकल्पिक खेलाडीका रूपमा मेस्सी मैदान उत्रिएका थिए । उक्त टिमका गोलकिपर राहुल भाल्बुयनाले फुच्चे मेस्सीलाई जिस्क्याउँदै टाउकोमा सुम्सुम्याए, ‘हतार नगर बाबु ।’ सायद उनी यस्तै भन्दै थिए ।

तर लगत्तै मेस्सीले रोनाल्डिन्होको पासमा गोल गरेर राहुललाई हेरेको हे–यै बनाइदिए । उत्कृष्ट खेलिरहे पनि मेस्सीले टोलीमा नियमित ठाउँ बनाउन भने केही समय प्रतीक्षा गर्नुप–यो । ‘मलाई किन खेलाइएन भन्ने लाग्थ्यो । तर खासमा फ्र्याङ्क राइकार्ड ९तत्कालीन प्रशिक्षक० ममाथि धेरै दबाब दिन चाहँदैन थिए,’ मेस्सीले सन् २०११ मा एक अन्तर्वार्तामा भनेका छन् । सेप्टेम्बर २००५ मा स्पेनिस नागरिकता लिएपछि उनले नियमित रूपमा खेल्न थाले र बार्सामा आफ्नो जादु देखाए ।

२००८ मा युथ टिमका प्रशिक्षक पेप गार्डीओला सिनियर टिमको प्रशिक्षक बने । यही सिजन बार्सिलोनाले टोलीका स्टार रोनाल्डिन्होलाई एसी मिलानमा बेच्ने निर्णय ग–यो । १० नम्बर जर्सी मेस्सीले लगाउन थाले । २००८÷०९ को सिजन स्पेनिस ला–लिगा, च्याम्पियन्स लिग र कोपा अमेरिकाको उपाधि बार्साले जित्यो । मेस्सीले पहिलो पटक बेलोन डि’अर र फिफा वर्ष खेलाडीको अवार्ड जिते । त्यसयता उनी निरन्तर बार्सिलोना र विश्व फुटबलको केन्द्रमा छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

बहुप्रतिभाका धनी कृष्ण रेउले र मेलिना राईको स्वरमा “हिमाली पाखैमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:५१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...