इङ्लिस प्रीमियर लिग (इ.पि.एल) खेल भबिस्यबाणी गरी जित्नुहोस् आकर्षक पुरस्कार

खेल मनोरञ्जनका लागि मात्र नभई व्यक्तिको व्यक्तित्व बिकासका लागि अपरिहार्य छ । खेल भन्ने बित्तिकै स-साना स्कुले बच्चा देखि बुढौली उमेर समुहका मानिसहरु हुरुक्कै हुने गर्दछन । त्यसमा पनि फुटबल संसारभरका सबैभन्दा बढी मानिसको रोजाईमा रहेको एक बहुचर्चित खेलमा पर्छ। जसलाई ठाउँ, परिवेश र आवश्यकता अनुशार फरक किसिमले मनोरञ्जनात्मक बनाउन सकिन्छ । पछिल्लोपटक हरेक देशले फुटबल खेललाई थप रुचिकर तथा व्यावसायिक बनाउन साना तथा ठुला थुप्रै प्रतियोगिता गर्दै आइरहेका छन ।

ती प्रतियोगिताहरु मध्ये संसारभरका करिव ४.७ बिलियन मानिसहरुले हेर्दै आइरहनु भएको इङ्लिस् प्रीमियर लिग (इ.पि.एल) पनि एक हो । इ.पि.एल. नयाँ सिजन २०२१/०२२ आगामी १४ अगस्टबाट सुरु हुने भएको छ त्यसलाई मध्यनजर गर्दै रोलिङ प्लान्स् प्राइभेट लिमिटेडको आयोजना, AXE को मुख्य प्रायोजन तथा कामना सेवा बिकास वैङ्क लिमिटेडको सहप्रयोजनमा बृहत खेल प्रेडिक्सन प्रतियोगिता आयोजना हुन लागेको रोलिङ प्लान्स् प्रा.लि.का भाइस प्रेसिडेन्ट रंजित थापाले जानकारी दिनुभएको छ ।

उनका अनुशार उक्त प्रतियोगिताका सहभागी हुन चाहाने व्यक्तिहरुले कम्पनी आधाकारिक फेसबुक पेजमा राखिएको पोष्टको कमेन्ट वक्समा आफ्ना ५ जना साथी तथा आफन्तलाई ट्याग वा मेन्सन गरेर त्यसको फोटो खिचेर (screenshot) कम्पनीको वेबसाईट www.rollingnexus.com/sports मा आफ्नो बिवरण भरी मेन्सन गरेको उक्त फोटो अप्लोड गर्नुपर्ने प्रावधान रहेको छ ।

थापाका अनुशार सहभागीले कम्पनीको लाइभ साइटमा अप्लोड गरेको फोटो कम्पनीको एड्मिन तथा आधिकारिक व्यक्तिहरुले रुजु गर्नेछन् र मनासिब देखिएमा प्रयोगकर्ताले दर्ता गरेको इमेलमा जानकारी पठाउने व्यावस्था रहेको छ । सहभागीलाई हरेक दिन खेल सुरु हुनु पुर्व निश्चित समय दिइने छ र उक्त समयभित्र खेलको भबिस्यबाणी गर्न सक्नेछन् ।

हरेक दिन सहभागीता तथा खेलको प्रेडिक्सन गरे वाफत सहभागी प्रतियोगीहरुले निश्चित अङ्क प्राप्त गर्नेछन् सोही अङ्कका आधारमा हरेक महिना एक जना प्रतियोगीलाई इङ्लिस प्रीमियर लिग (इपिएल) २०२१ को मासिक बिजेता घोषणा गरिने छ । उक्त बिजेता सहभागी प्रतियोगीले मासिक बिजेता भए बाफत जनहि २ हजार नगद पुरस्कार पाउने थापाले जानकारी दिनुभएको छ । यसै प्रक्रियालाई निरन्तरता दिदै एक जनालाई इङ्लिस प्रीमियर लिग (इ.पि.एल) २०२१/०२२ को सिजन बिजेता घोषणा गरिने छ । बिजेता सहभागी प्रतियोगी कम्पनीको तर्फबाट नगद रु. ३० हजार पुरस्कार प्राप्त गर्ने छन ।

भर्खरै समापन भएको युरो कप २०२१ को लागि कम्पनी आयोजना गरेको युरो कप प्रेडिक्सन प्रतियोगिता भव्यतापुर्ण समापन भएको र दर्शकको हौसला र सहभागीले आफुलाई थप उत्साहित बनाएको हिजो, आज जस्तै भावी दिनहरुमा पनि कम्पनीको तर्फबाट समाज र देशलाई गर्न सकिने यी र यस्ता थुप्रै कार्यक्रम गर्दै जाने र बिशेष गरि युवा र प्रोढ बर्गमा लक्षित कार्यक्रम ल्याउने थापाले बताउनु भएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...